नेपाली फुटबल लगातार ओरालो , फिफा बरियतामा फेरी २ स्थान तल

नेपाली फुटबल लगातार ओरालो , फिफा बरियतामा फेरी २ स्थान तल

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौं २२ जेष्ठ ।

पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा कमजोर प्रदर्शनसगै नेपाली फुटबल लगातार ओरालो लाग्ने क्रममा मे महिनाको फिफा बरियतामा फेरी एक पटक २ स्थान तल झर्दै दक्षिण एशियाकै पुछारमा पुगेको छ । श्रीलका पनि नेपाल समान १ सय ८६ मै रहेको छ ।
नेपाल १ सय ८४ बाट २ स्थान तल झर्दै १ सय ८६ स्थानमा ओर्लिएको छ । लामो समय पुछारमा रहेको भुटान ४ स्थान माथि उक्लदै १ सय ५९ औं स्थानमा पुगेको छ ।
दक्षिण एशियाको शीर्ष स्थानमा रहेको भारत १ सय ४१ स्थानमा छ ।
अफ्गानीस्तान १ सय ५१, बंगलादेश १ सय ६६ , पाकिस्तान १ सय ७० र माल्दिभ्स १ सय ७८ स्थानमा रहेको छ ।
एन्फा भित्रको आन्तरीक विवाद, फुटवल संरचनाको विकास कमजोर देखिनु आदि कारणले नेपाली फुटबलको ईतिहास लामो भए पनि प्रगति सन्तोषजनक हुन सकेको छैन ।
उमेर समुहमा उत्कृष्ट देखिने टिम राष्ट्रिय टिममा पुगे पछि फितलो देखिदै आएका छन् ।
व्यापक अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलहरु, आन्तरीक प्रशिक्षण , शारीरीक सन्तुलन र नया रणनीतिको विकास नेपाली फुटबलमा निकै आवस्यकता रहेको विज्ञहरुले औल्याउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी