जोखिम मोल्दै खुल्न थाले सपिङ मलहरू

जोखिम मोल्दै खुल्न थाले सपिङ मलहरू

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ, २१ जेठ । 

बैसाख १२ गतेको महाँ विनाशकारि भुकम्प र २९ गतेको अर्को ठुलो भुकम्पले उपत्यका सहित आसपासमा रहेका सपिङमलहरु लाई ठुलो क्षति पु¥यायो । जसका कारण सपिङ मलहरु नै कहि समय बन्द रहे ।

तर अहिले हेर्दा भने परकम्पहरू आउने क्रम जारी रहँदादैनिक हजारौं मानिस आउने सपिङ मलहरू खुल्न थालेका छन ्। महाभूकम्पले केही नभएका मलहरू खुल्नु स्वाभाविक हो तर भवनका भित्ता क्र्याक भएका र पिलरसमेत क्षति भएका राजधानीका केही मलहरू पनि खुल्दा सर्वसाधारणको ज्यान जोखिममा छ । सरकारले आफूखुसी मर्मत गरेर सञ्चालन गर्न नपाइने सार्वजनिक सूचना जारी गरेको छ तर मल सञ्चालकहरू सूचनाविपरीत काम गरिरहेका छन ।

गोंगबुमा रहेको कान्तिपुर मल र चाबहिलमा रहेको केएल टावर भूकम्पले आफैं जोखिममा छन। तिनमा दैनिक आउने ग्राहक र पसले पनि उत्तिकै जोखिममा छन्। विशालबजार, चाइना टाउन, काठमाडौं मल, कमलपोखरीमा रहेको सिटी सेन्टर, भाटभटेनीलगायत केही मलमा केही क्षति पुगेको छ। क्षति पुगेकामध्ये सुन्धाराको १२ तले सीटीसी मल र सिभिल मल अझै खुल्नसकेका छैनन।

वर्ल्ड ट्रेड सेन्टर खुले पनि भित्री र बाहिरी भागसमेत चर्किएको र भत्किएको छ। राजधानीका कतिपय यस्ता सपिङमलहरूले जोखिम मोलेरै चर्किएका भवन टालटुल पारी व्यापार गर्ने र किनमेलका लागि आउने ग्राहकको जीवन जोखिममा पारिरहेका छन्। चाबहिल चुच्चेपाटीस्थित १० तले केएल टावर सामुन्नेबाट हेर्दा भव्य आलिसान महल देखिन्छ। पश्चिमतर्फबाट हेर्ने हो भने मूलसडकबाटै प्रस्ट देखिन्छ, प्रत्येक तलाका भित्ता चर्किएको।

पार्किङका लागि प्रवेश गर्ने ठाउँको दाहिने भाग र मूल प्रवेशद्वारबाट पसेपछि दाहिनेपट्टिको भुइँ पनि चर्किएका छन्। एक सातादेखि खुला भएको टावरमा किनमलेका लागि पुगेकी जोरपाटीकी कमला कार्कीले भनिन्, ’भूकम्पले अस्तव्यस्त भएको बेला जसले जे गरे पनि हुँदोरहेछ। सरकार के हेरेर बसेको छ? मलाई छक्क लाग्छ।’

त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको टेकु जाने सडकको भाग अर्थात् दक्षिणपट्टि बीच भागमा ठाडो चिरिएको छ। भुइँतलाको शौचालय कामै नलाग्ने भएको छ भने माथिल्लो तलाका शौचालय पनि बनाउन आंशिक रूपमा भत्काइएका छन्। चाइना टाउन, कारागार र भित्री सहर प्रवेश गर्ने तीन सडक सीटीसी मल हुँदै दैनिक हजारौं मानिस हिँड्नुपर्छ । छेवैको काठमाडौं महानगरपालिका प्रवेश गर्ने सडकमा हिँड्नेहरू पनि जोखिम ठान्छन्।

सीटीसीले १२ गतेपछि मर्मत गरेर बस्न खोज्दा २९ गतेको भूकम्पले ठप्प भएको हो। सीटीसीका सिनियर प्रोजेक्ट म्यानेजर अरविन्दकुमार महासेठले व्यापारका नाममा जनताको ज्यान जोखिममा पार्न नहुने निष्कर्ष निकाल्दै केही महिना मल बन्द राख्ने निर्णय भएको बताए । तीन वर्षअघि सञ्चालनमा आएको करिब ६ सय करोड रुपैयाँको लगानीमा बनेको सीटीसी मलको स्ट्रक्चरल पार्ट केही नभएकाले केही करोड लगानी गरेर मर्मत गर्ने उनको भनाइ छ।

पुतलीसडकस्थित सेयर मार्केट्स कम्प्लेक्सको पछाडिपट्टिको भाग चर्किएको छ । पुतलीसडककै स्टार मलको आमुख क्र्याक भएको छ। योगेन्द्र श्रेष्ठको उक्त मल विभिन्न कारणवश चार वर्षदेखि सञ्चालनमा आउनसकेको छैन। मर्मतपछि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। स्थानीय विकास मन्त्रालयको नगरपालिका व्यवस्था महाशाखाका प्रमुख गोपीकृष्ण खनालले क्र्याक भएर वा चिरिएर जोखिम बनेका भवनहरूमा मर्मत गरेर बस्ने अनुमति नभएको बताए।

भवनमा हरियो स्टिकर टाँस्ने अधिकार सम्बन्धित नगरपालिका वा भवन निर्माण विभागसँग मात्र भए पनि आफूखुसी इन्जिनियरहरूलाई देखाएर ठीक छ भन्ने प्रवृत्ति बढेको उनको भनाइ छ। उनले बारम्बार पराकम्प गइरहेको अवस्थामा वालहरूमा थुप्रै क्र्याक देखिएकाले यस्ता भवनबाट एउटामात्र इँट खसे पनि मान्छे मर्नसक्ने हुनाले वाललाई सबलीकरण नगरी खुला गर्न नहुने बताए ।

सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरि शर्माले सपिङ मल, कम्प्लेक्स आदिले चर्किएका र क्र्याक भएका भवनहरू आफूखुसी टालेर सञ्चालन गर्न नपाइने बताए ।

सार्वजनिक सूचना निकालिसकेको जानकारी दिँदै उनले थपे, ’विभागले अनुगमन गर्नुपर्ने भए पनि जनशक्ति नभएकाले गर्न सकेको छैन तर यस्ता भवनका लागि सूचनामार्फत थर्ड पार्टी वा विज्ञ इन्जिनियरबाट एसेसमेन्ट गरी डिभिजन कार्यालयमा रिपोर्ट पेस गर्न र डिभिजनको निर्देशनअनुरूप काम गरेरमात्र सञ्चालन गर्नुपर्ने हुन्छ। नगरे कारबाही हुनेछ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी