काठमाडौ, १९ जेठ ।
नारायणहिटी राजदरबार हत्याकाण्ड भएको आज १४ बर्ष पुगेकोे छ ।
बि.स २०५८ साल जेठ १९ गते आजकै दिन तत्कालीन राजा विरेन्द्र साहको बशं नै विनाश हुने गरि हत्या भएको थियो ।
निकै रहस्यमय तरिकाले भएको उक्त हत्यामा तत्कालीन राजा बिरेन्द्र रानी ऐश्वर्य, युवराज दिपेन्द्र , अधिराजकुमार निराजन र राजकुमारी श्रुति सहित राजपरिवारका १० जना जनाको मृत्यु भएको थियो । निकै रहस्यमय तरिकाले घटेको उक्त घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन ।
घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबीनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई धेरैले पत्याएका छैनन् । तर माओवादीले भने दरवार हत्याप्रकरणमा विदेशी शक्ति भारत र अमेरीको हात रहेको बताएको थियो ।
नेपाली नागरिकले कहिल्यै नबिर्सने त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नया मोड लिएको थियो । राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उहाँ नै नै नेपालको इतिहासमा अन्तिम राजा बन्नुभयो ।