काठमाडौ, १९ जेठ
बुटवलमा जारी मोफसलकै चर्चित १८ औ तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगितामा आज आर्मी विरुद्ध धरान फुटबल क्लब मैदान उत्रिदैछ । खेल अपरान्न एन्फा टेक्निकल सेन्टर बुटवलमा हुदैछ ।
यसअघि हिजोको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ विजयी भएको छ । अपरान्न सुरु भएको खेलमा पोखरा भ्याली स्पोर्टस क्लबलाई टाइब्रेकरमा ४ ÷ २ ले पराजित गर्दै रुपन्देहीले विजयी सुरु वता गरेको हो ।
निधर्नरित समयमा दुवै टिम दुई दुईको बराबरीमा पुगेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा रुपन्देहीका लागि शिव श्रेष्ठ, सुजल श्रेष्ठ, पुकार गहतराज र विजय धिमालले गोल गरेका थिए । यस्तै भ्याली स्पोर्ट्सका तर्फबाट विक्रम लामा, सरोज दाहालले मात्र एक एक गोल गरेका थिए ।
प्रतियोगितामा सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, झापा ११ र दार्जि्लिङ ११ गरी ८ टिम सहभागी छन् ।