काठमाडौ , १८ जेठ ।
पाकिस्तान र जिम्वावे विरुद्धको तेश्रो एकदिवसीय क्रिकेट वर्षाका कारण अबरुद्ध भएको छ । यसअघि नै सिरिज जितिसकेको पाकिस्तानले जिम्वावे विरुद्धका ट्वेन्टी ट्वेन्टी र एकदिवसीय दुवै श्रृँखला कब्जा गरेको छ ।
आइतबार राती भएको तेश्रो एकदिवसीय खेल भने वर्षाका कारण बीचमै रोकिएको छ । पाकिस्तानले दिएको २ सय ९७ रनको लक्ष्य पछ्याएर ब्याटिङ थालेको जिम्वावेले ९ ओभरमा ६८ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो ।
त्यसपछि खेल हुन सकेन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ९६ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद हफिजले ८०, वावर अजामले ५४ र कप्तान अजर अलिले ४६ रन बनाएकाथिए । जिम्वावेका सिकन्दर रजाले ३ र क्रिस मोउफुले २ विकेट लिए ।
रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका पाकिस्तानका कप्तान अजर अलि म्यान अफ द सिरिज घोषित भए । यो सँगै ६ वर्षपछि घरमा खेलेको पाकिस्तानले खेलेका ट्वेन्टी ट्वेन्टी र एकदिवसीय दुवै श्रृँखला जितेको छ ।