शुभकामना नेपाली क्रिकेट टिमलाई

शुभकामना नेपाली क्रिकेट टिमलाई

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, जेष्ठ १७ ।

आसन्न टि–ट्वेन्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको बन्द प्रशिक्षण र भिषा प्रक्रियाका लागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिल्ली प्रस्थान गरेको छ ।

भारतको प्रशिक्षण सकिएपछि नेपाली टोली थप अभ्यास र मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्स जाने कार्यक्रम अनुसार दिल्लीमा नेपाली टोलीको भिषा प्रक्रियाको काम हुने छ ।

भिषा प्रक्रियाको काम सकिए पछि नेपाली टोली बन्द प्रशिक्षणका लागी हिमाञ्चल प्रदेश जानेछ । हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएनको मैदानमा नेपालले जुन ५ देखि २० सम्म १५ दिन बन्द प्रशिक्षण गर्नेछ ।

छनौट प्रतियोगिता आउादो जुलाई ९ देखी २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा संयुक्त रुपमा आयोजना हुादैछ ।
नेपालसहित कुल १४ राष्ट्र सहभागि प्रतियोगिताका शीर्ष ६ राष्ट्रले सन् २०१६ मा भारतमा आयोजना हुने आइसीसी टि– ट्वेन्टी बिश्वकप क्रिकेट प्रतियोगितामा १० टेष्ट खेल्ने राष्ट्रहरुसागै स्थान सुरक्षित गर्नेछन् ।

छनोट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले जुलाई १० मा अमेरिकाको सामना गर्ने छ ।
नेपाली टोलीले आगामी विश्वकप खेल्न सकोस् भन्ने आम दर्शकको कामना रहेको छ ।

गत वर्ष बंगलादेशमा भएको विश्वकपमा नेपालले अफ्गानिस्तान र हङकङलाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी