एजेन्सी जेष्ठ १५ ।
विश्व फुटबल महासंघ फिफाको अध्यक्षमा सेफ ब्लाटर पाचौ पटक पुन: निर्वाचीत भएका छन् । ज्युरीचमा ७ जना फिफाका पदाधीकारीहरु भ्रष्टाचारका मुद्धामा पक्राउ परे पछि पनि भएको चुनावमा ब्लाटर बिजयी भएका हुन् ।
पहिलो चरणको मतदानमा दुई तिहाई नपुगे पछि दोस्रो चरणको मतदानमा ब्लाटर विरुद्ध जोर्डनका राजकुमार अलि विन अल हुसैनले प्रतिस्पर्धा नगर्ने जनाए पछि ब्लाटर स्वत निर्वाचीत भएका थिए ।
पहिलो राउण्डको निर्वाचनमा ब्लाटरले दुई तिहाई ल्याउन सकेनन् । त्यो बेला उनले कुल १ सय ७३ मत मात्र ल्याएका थिए । ७९ वर्षका ब्लाटर फुटबलको योजना र कार्यक्रमहरुमा सफल रहदै आएको मानिन्छ ।
उनी केही वर्ष अघि एएफसी प्रतियोगीताको उद्घाटन गर्न नेपाल आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline