भुकम्पपीडितको सम्झनामा गोलपार्क क्रिकेट एकेडेमीले गर्‍यो क्रिकेट म्याच

भुकम्पपीडितको सम्झनामा गोलपार्क क्रिकेट एकेडेमीले गर्‍यो क्रिकेट म्याच

  • शुक्रबार, जेष्ठ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

जेष्ठ १५ वुटवल
वैशाख १२ गते नेपालमा गएको विनासकारी महाभुकम्पबाट मृत्यु हुने, घाईते, अपाङ्ग, बेपत्ता लगायत घरबारविहिन हुने पीडितहरुको सम्झनामा गोलपार्क क्रिकेट एकेडेमीले क्रिकेट खेलको आयोजना गरेको छ ।

उद्घाटन सत्रमा बोल्दै रुपन्देही क्रिकेट संघका जिल्ला सचिव निरज खाणाले युवाहरुले गरेको सिर्जनात्मक कार्यको गरे । भुकम्पपीडितको सम्झना गर्दै आयोजना गरेको खेलले राष्ट्रियस्तरमा नै एउटा सन्देश दिन सक्ने खाणाको भनाई थियो । त्यस्तै कार्यक्रममा सामुदायीक सेवा केन्द्र बुटवल ५, का अध्यक्ष रामचन्द्र भुषालले क्लबको प्रगतिको कामना गर्दै रु २५ सय सहयोग गर्नुभएको थियो । कार्यक्रममा युवा समाजसेवी
तथा क्लवका सल्लाहकार विष्णु ढकाल, गर्जन पोष्ट साप्ताहिकका सहसम्पादक शिव डुम्रे, ह्याप्पी क्लबका सचिव सन्तोष सिहं, महिला राष्ट्रिय खेलाडीद्वय अलिसा केसी, इन्दु केसी लगायतले बोल्दै क्लबको सिर्जनात्मक कामको खेलमा प्रथम हुनेलाई रु ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो
हुनेलाई रु १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट बलर, उत्कृष्ट खेलाडीहरुलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष राजेश थापाले जानकारी दिए ।

उद्घाटन सत्रसागै भएको पहिलो खेलमा खुकुरी क्लब भैरहवालाई पछि पार्दै योङस्टार क्लब सेमरीले ४ विकेटले जित हात पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी