भूकम्प पीडित गोरखा सहित विभिन्न जिल्लाबाट सयौं परिवार चितवन सऱ्यो ( तस्वीर सहित )

भूकम्प पीडित गोरखा सहित विभिन्न जिल्लाबाट सयौं परिवार चितवन सऱ्यो ( तस्वीर सहित )

  • शुक्रबार, जेष्ठ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

जेष्ठ १५ चितवन ।

भूकम्पले घरबास बिहीन भएका गोरखाको बारपाक, लाप्राक, मकवानपुरको कागडा, दोलखा , सिन्धुली लगायतका जिल्लाबाट सयौंको संख्यामा भूकम्प पीडितहरु चितवनमा आएका छन् ।

पीडितहरु चितवनको भरतपुरमा रहेको विजय विक्रम शाह र अजय विक्रम शाहको विवादीत जग्गामा टहरा निमार्ण गरेर बस्न थालेका छन् । सो जग्गाको मुद्धा सर्वोच्चमा चलिरहेको छ ।

पीडितहरुको आग्रह अनुसार आफ्नो पार्टीका स्वयंसेवकहरुले टहरा निमार्णमा सहयोग गरेको माओवादी नेता गुणराज लोहनीले जानकारी दिनु भयो ।

बर्षाको समयमा जनतालाई समस्या नपरोस भनेर टहरा बनाई दिएको लोहनीको भनाई छ ।
त्याहा मानिसहरु भाडा कुडा सबै बोकेर आउन थालेका छन् । झण्डै २ सय परिवार त्याहा बस्न सक्ने देखिएको पनि माओवादीले जनाएको छ ।


जग्गाका धनीहरुले भने सो जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका छन् ।
त्यॉहा पुगेका पीडितहरुले अहिले जसको जग्गा भए पनि आफूहरुलाई बाच्नको निम्ती बासै नभएकाले बसेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी