फिफाका मामलामा विश्वका राजनीतिक शक्तिहरु ध्रुवीकृत

फिफाका मामलामा विश्वका राजनीतिक शक्तिहरु ध्रुवीकृत

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

जेष्ठ १४ एजेन्सी ।

विश्व फुटबल महासंघ फिफामा भ्रष्टाचारका मामलामा ७ जना वरिष्ठ पदाधीकारीहरु पक्राउ परे पछि फिफाको भविष्य र तत्कालको कार्बाहीको विषयलाई लिएर विश्वका शक्तिशाली मुलुकहरु विभाजित देखिएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अहिलेका फिफा अध्यक्ष सेफ ब्लाटरलाई समर्थन गर्दै राजीनामा नदिन आग्रह गरेका छन् ।
उता बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले फिफा अध्यक्ष ब्लाटरलाई राजीनामा दिन आग्रह गरेका छन् ।
तर ब्लाटरले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
फिफाको चुनावमा ब्लाटर फेरी उम्मेद्धार भएका छन् । युरोपको फुटवल संघले ब्लाटरको विरोध गर्दै उनी निर्वाचीत भए बर्लिनमा फेरी अर्को आकस्मिक बैठक गर्ने निर्णय गरेको छ ।
यसले फिफा र विश्व फुटबलको भविष्य खतरामा पार्ने विष्लेषकहरुले चेतावनी दिएका छन् ।

फिफामा शक्तिशाली भूकम्प गएको भन्दै विभिन्न फुटवल अर्गनाईजेसनहरुले अविलम्ब केही कदम चाल्न अनुरोध गरेका छन् ।
एशियाली फुटबल महासंघले फिफाको निर्वाचन ढिलो भएकोमा चिन्ता जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी