यातायात व्यवस्था कार्यालयमा बिचौलिया भष्ट्राचार

यातायात व्यवस्था कार्यालयमा बिचौलिया भष्ट्राचार

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

झापाको बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले विचौलियासाग मिलेर सेवाग्राहीलाई नै हैरान पार्ने गरेको सार्वजनिक भएको छ ।
गत वुधबार झापा गरामनीका जगन्नाथ भट्टराई लाइसेन्सको प्रतिलिपी लिन यातायात व्यवस्था कार्यलय मेची पुगे । लाइसेन्स शाखामा उनी पुगेर आफ्नो काम त्यहाा रहेका कर्मचारीलाई बताए ।
त्यहाा रहेका कर्मचारीले उनको कामका बारेमा खासै चासो दिएनन् र सो काम गर्ने कर्मचारी नभएको बताए । करिब डेढ घण्टादेखी झुलिएका भट्टराईले आफ्नो समस्या यसरी पोख्नु भयो ।
कर्मचारी भएर पनी काम गरीदिएनन्, मान्छे नै छैन भन्छन् तर घुस दिनेहरुको काम भइरहेको छ, मैले घुस नदिएर होला काममा ढिला गरेको । लगतै उनको समस्या सहित उनलाई नै लिएर हामी कार्यलय प्रमुख जयकुमार घिमिरेकहाा पुग्यौं ।
प्रमुख घिमिरेले अन्कनाउादै त्यसबारे आफु जानकारी लिने भन्दै फोन गरेपछि भने भट्टराईको पााच मिनेटमै काम भयो । भट्टराई त उदाहरण मात्रै हुन् । आफ्नो काम लिएर सो कार्यलयमा जाने सर्वसाधारणले सहज ढङ्गबाट सेवा लिन पाइरेहेका छैनन् । कार्यालयका कर्मचारीले सहजै हुने काम पनि घुस खान नपाउने भएपछि सेवाग्राहीलाई दलाल मार्फत आउन बाध्य पार्ने गरेका छन् ।
सेवाग्राहीले यातायात व्यवस्था कार्यालय वरिपरि बसेर दलालीको काम गर्ने व्यत्तिहरुलाई लाग्ने भन्दा घुस बापतको अतिरिक्त रकम बुझाएपछि मात्रै कर्मचारीले काम गर्ने गरेका छन् । झनै कार्यालयका शाखा अधिकृत देवी फुयालले पैसा नलिई काम नै नगर्ने गरेको नाम नखोल्ने सर्तमा एक विचौलियाले बताए । क
कर्यालयका भित्ताहरुमा विचौलियालाई प्रवेश निषेध भनिएपनि काम गर्न विचौलियासमक्ष जानै पर्ने बाध्यता कर्मचारीले नै सिर्जना गरिदिएका छन् ।
सेवाग्राहीले नागरिक वडापत्रबाट पाउनुपर्ने जानकारी समेत सो कार्यलयमा छैन । सेवाग्राहीले आफुले तिर्नुपर्ने रकम र काम हुने ठाउा थाहा पाउने भयले कार्यालयले वडापत्र नराखेको सेवाग्राहीको आक्रोस छ ।
कार्यालयको कार्यकक्षमा प्राय:कर्मचारी नै भेटिदैनन् । सो कार्यलयका कर्मचारी चिया, खाजा खान, गफिन र आफ्नै काममा व्यस्त हुने गरेपछि सेवाग्राही झनै मार्कामा पर्ने गरेका छन् । अझ टाढाबाट आएका सेवाग्राहीलाई झनै दु:ख दिने गरेको स्रोतको भनाई छ ।
यसरी जनतालाई सेवा दिने भनेर सरकारले स्थापना गरेको कार्यालयबाट जनताले नै सास्ती पाइरहादा पनि सम्बन्धित निकाय किन मौन छ ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी