फिफाको नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन हुदै ।

फिफाको नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन हुदै ।

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी, जेठ १४ ।

विश्व फुटबल महासंघ फिफाको आगामी कार्यकालका लागिे शुक्रबार निर्वाचन हुदैछ । तर फिफाको नेतृत्वका लागी चुनावी माहोल बनिरहेका बेला कार्यलयबाटै उच्च तहका सात पदाधिकारी पक्राउ परेका छन् ।

अमेरिकाको जुरिचस्थित फिफाको केन्द्रिय कार्यलयमा बैठक चलिरहेका बेला सादा पोसाकमा पुगेका प्रहरीले भ्रष्टाचारको अभियोगमा उपाध्यक्ष जेफ्रेरी वेब सहित सात जनालाई पक्राउ गरेक हो ।

पक्राउ पर्नेमा कोन्काकाफ प्रमुख जेफ्री वेब, फिफाका पूर्व उपाध्यक्ष ज्याक वार्नर, कोस्टारिका फुटबल संघका अध्यक्ष एवं फिफाका कार्यकारी सदस्य एडुआर्डो ली, फिफा क्लब कमिटीका सदस्य ब्राजिलका जोजे मारिया मारिन लगायत रहेका छन् ।

उनीहरुले सन् १९९० देखि अन्तराष्ट्रिय फुटबल जगतमा एक अर्ब डलरभन्दा बढी भ्रस्टाचार गरेको स्विट्जरल्यान्ड प्रहरीको आरोप छ । भ्रष्टाचार अभियोगमा उनीहरुलाई अमेरीकी अदालतमा मुद्दा चलाइने जनाइएको छ ।

शुक्रबार हुने निर्वाचनमा लगातार पाँचौ कार्यकालका लागि वर्तमान अध्यक्ष सेप ब्लाटर चुनावी मैदानमा छन् भने यसपटक उनलाई आफ्नै कार्यसमितिका उपाध्यक्ष एवं जोर्डनका राजकुमार अली बिन अल हुसैनले चुनौती दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी