काठमाण्डौं १३ जेष्ठ ।
सााखु सलम्वुटार स्थित भूकम्प पीडित दलित बस्तीका २८ घर परिवारलाई (गजलकार मानन्धर अभागी र मानन्धर रेखा ‘काली’ दम्पतीद्वारा मानव सेवा सदनको तर्फबाट राहत वितरण गर्नु भएको छ ।
उक्त राहतमा प्रत्येक घरलाई एक वोरा चामल , एक पाकेट नुन , एक पाकेट तेल र केही पाकेट चाउचाउ गरी जम्मा २८ वोरा चामल, २८ पाकेट नुन , २८ पाकेट तेल र दुई बाकस चाउचाउ वितरण गरिएको थियो ।
“हामी यहीा सलम्वुटारमै बस्छौा । गत वैशाखको भूकम्पले सााखु बजार ध्वस्त भएको छ । सागैको सलम्वुटारका करिव सत्तरी घर ध्वस्त भएको छ । यस्तो अवस्थामा यहाका गरिव दलितहरूलाई लक्षित गरी कुनै सरकारी राहत आएको देखेनौ ।
त्यही भएर हामीले आफूले सकेको केही सहयोग गर्ने मन:स्थिति बनायाौ । ” मानन्धर अभागीले बताउनु भयो ।
त्यस क्षेत्रका बुद्ध मानन्धर , राजु कार्की , उत्तम कार्की लगायतका स्थानीयवासीले दिएको सुझावका आधारमा २८ दलित परिवारलाई राहतका लागि रोजेको अभागीको भनाई छ ।


