भक्तपुर, जेठ १३ ।
निर्माण तथा उद्योग व्यवसायीले भूकम्पपछि सरकारले भवन निर्माणमा लगाएको अंकुशलाई हटाउन माग गरेका छन । रफत सञ्चार क्लब भक्तपुरमा आज भएको कार्यक्रममा व्यवसायीले सरकारले भूकम्प पश्चातको पीडालाई अवसरमा बदल्ने नीति ल्याउन नसक्दा समस्या आएको बताएका छन ।
नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले सरकारले भवन बनाउने नीतिलाई कडाईका साथ लागु गनुपर्ने बताउनुभयो । उहााले उपत्यका भित्र जोखिम अवस्थामा रहेका भवन भत्काउने आधुनिक उपकरणको अभावले आाखाले नियालेकै भरमा स्टिकर टाास्नु पर्ने बाध्यताको अन्त्य गर्न महासंघले आधुनिक मेशिन ल्याउन लागेको बताउनुभयो ।
उहाले भूकम्प पश्चात सरकारले भवन निर्माणमा रोक लगाएर हार्डवेयर व्यवसायी र कामदारलाई मर्कामा पारेको आरोप लगाउादै भवन निर्माण गर्न फुकुवा गर्न माग गर्नुभयो । उहााले भूकम्प प्रभावित १४ जिल्लामा भवन निमार्णमा रोक लगाउनु उपयुक्त भएपनि सरकारले अरु ६१ जिल्लामा रोक लगाउनु समस्या भएको जिकिर गर्दै भवन संहिता लागु गरी भवन निर्माण फुकुवा गर्नुपर्ने बताउनुभयो ।