काठमाण्डौ, १२ जेठ ।
निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले नयाा जहाजबाट पोखरा–जोमसोमका लागी उडान शुरु गरेको छ ।
गोमा एयरले गत असोजमा भित्र्याएको नयाा जहाजबाट हमजदेखि पोखरा–जोमसोम उडान शुरु गरेको हो । आज बिहान केहि आन्तरिक पर्यटक जोमसोम पुर्याएर गोमाको जहाज पोखरा फर्किसकेको पोखरा विमानस्थलले जनाएको छ ।
झण्डै ६० करोड मुल्य परेको नयाा एल ई टि ४१० यू भि पि ई २० मोडलको १९ सिटे जहाजबाट पोखरा–जोमसोम रुटमा उडान शुरु भएको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले जानकारी दिनुभयो ।
उहााका अनुसार अहिले यो रुटमा दैनिक २ उडान हुनेछन् । अन्नपूर्ण र हिमालपारीको जिल्ला मुस्ताङ्ग घुम्न जाने पर्यटकहरुलाई लक्षित गर्दै सेवा शुरु गरेको गोमा एयरले जनाएको छ । चेक रिपब्लिकबाट ल्याइएको जहाजले यसअघि पोखरा–जोमजोम रुटमा सफल परिक्षण उडान गरिसकेको छ ।
गोमा एयरको ४ वटा जहाजले अहिले काठमाण्डौं लुक्ला, थाप्लु, सुर्खेत लगायतको क्षेत्रमा सेवा दिदै आएको छ । गोमाले पोखरा–काठमाडौं र पोखरा–मनाङ रुटमा पनि छिट्टै उडान थाल्ने बताएको छ ।