जेष्ठ १२ काठमाण्डौं ।
ताजिकिस्तानमा जारी एएफसी अण्डर १४ फुटवल फेस्टिवलमा नेपालले आयोजक टिम विरुद्ध २–२ गोलको बराबरी खेलेको छ ।
पहिलो हाफ्मा २ गोलको अग्रता लिएको नेपालले दोस्रो हाफ्मा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो ।
नेपालका लागि १३ औ मिनेटमा मनीष थापाले गोल गरेका थिए भने ३४ औं मिनेटमा नितिन थापाले गोल गरेका थिए ।
दोस्रो हाफ्का ४८ र ५२ औं मिनेटमा ताजिकिस्तानले दुई गोल गरेको थियो ।
फेस्टिवलमा भएका सबै खेलमा नेपाल अपराजीत रह्यो । नेपालले पाकिस्तान र अफ्गानिस्तानलाई पराजीत गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline