काठमाडौ, १२ जेठ ।
दोलखाको च्छोरोल्पा हिमतालमा पानीको तह नाप्ने नयाँ मेशिन जडान गरिएको छ ।
हिमाल पावर लिमिटेडले नयाँ प्रविधिको वाटर लेभल म्यानेजमेन्ट सिष्टम जडान गरेको हो ।
वैशाख १२ को भूकम्पपछि पुरानो प्रविधिले काम गर्न छाडेपछि नयाँ प्रणाली जडान गरिएको हिमाल पावर लिमिटेडले जनाएको छ ।
भूकम्पपछि च्छोरोल्पा ताल निकै जोखिमपूर्ण रहेको अवस्थामा पानीको तह नाप्ने मेसिनले काम गर्न छोडेपछि तत्काल अर्को मेशिन जडान गर्नुपरेको हिमाल पावरका कन्ट्री डाइरेक्टर डा. सन्दीप शाहले बताउनुभयो ।
च्छोरोल्पा तालभन्दा मुनी र नागाउँभन्दा केही माथि नयाँ, सिंगटीको सिष्टम भन्दा विकसित सिष्टम जडान गरिएको हो ।
पानीको सतह निश्चित सतहभन्दा माथि पुगेपछि उक्त मेशिनले पानीको लेवल उल्लेख भएको म्यासेज पठाउँछ ।
सोही म्यासेजअनुसार नै ताल फुटेको वा पानीको सतहमात्रै बढेको भन्नेसमेत पत्ता लगाउन सकिने शाहले बताउनुभयो ।

