महेन्द्रनगर, १२ जेठ ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारि प्रथम एच सि ए डे नाईट टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई क्वाटर फाईनलका खेलहरु हुने भएका छन ।
साझ ६ वजेपछी हुने पहिलो खेलमा होली फेम्ली बी र सुदुर पश्चिमाञ्चल विश्वविद्यालय भिड्ने भएका छन ।
समुह बी को विजेता वन्दै होली फेम्ली बी क्वाटर फाइनल प्रवेश गरेको हो भने समुह डी वाट उपविजेता वन्दै सुदुर पश्चिमाञ्चल विश्वविद्यालय अन्तिम आठमा पुगेको हो ।
यस्तै राती ८ वजेपछी एम एन आर युनिटी र व्रिस्टन कलेज विच प्रतिस्प्रर्धा हुने भएको छ ।
एम एन आर युनिटी समुह डी को विजेता टोली वन्दै क्वाटर फाइनल प्रवेश गरेको हो भने व्रिस्टन कलेज समुह बी को उपविजेता वन्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो ।
हिमालयन क्रिकेट एकेडेमी र लिटिल बुद्ध एकेडेमीले आयोजना गरेको प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका थिए ।
यसअघि हिजो भएका दुइओटा क्वाटरफाइनलका खेलमा श्रीकेदार इलेवन र एम एन आर युनाईटेड डे नाईट क्रिकेटको सेमिफाइनल प्रवेश गरेका छन ।
लक्ष्मी ट्रेडर्सलाई ३० रनले पराजित गर्दै श्रीकेदार इलेवन सेमिफाईनल प्रवेश गरेको हो भने युथ क्लवलाई ३ रनले पाखा लगाउदै एम एन आर युनाईटेडले सेमिफाईनलको यात्रा तय गरेको हो ।