काठमाडौ, १२ जेठ ।
इंग्ल्याण्ड विरुद्धको पहिलोे टेष्टमा न्युजिल्याण्ड १ सय २४ रनले पराजित भएको छ । गए राती भएको खेलमा ईंग्ल्याण्डले न्युजिल्याण्डलाई १ सय २४ रनले पराजित गर्दै २ खेलको श्रृँखलामा १–० अग्रता लिएको हो ।
ईंग्ल्याण्डको घरेलुमैदान लर्डसमा भएको खेलमा ईंग्ल्याण्डले दिएको ३ सय ४५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड पाँचौ दिन २ सय २० रनमै अल आउट भयो ।
ईंग्ल्याण्डको जितमा स्टुवार्ड वोर्ड र वेन स्टोकले समान ३–३ विकेट लिए । लर्डसमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो इनिङमा ३ सय ८९ र दोश्रो इनिङमा ४ सय ७८ रन बनाएको थियो ।
त्यस्तै न्युजिल्याण्डले भने पहिलो इनिङमा केन विलिमसनको १ सय ३२ रनको मद्दतमा ५ सय २३ रनको योगफल तयार पारेको थियो । ईंग्ल्याण्डका स्टुवार्ड वोर्ड, मार्क उड र मोइन अलीले समान ३ विकेट लिए ।
दोश्रो इनिङमा ईंग्ल्याण्डका लागि कप्तान एलेस्टर कुकले १ सय ६२,वेन स्टोकले १ सय १ र जोय रुटले ८४ रन बनाए । खेलमा अलराउण्ड प्रदर्शन गरेका इग्ल्याण्डका वेन स्टोक म्यान अफ द म्याच घोषित भए ।
अब यी २ बीचको दोश्रो तथा अन्तिम टेष्ट १५ गतेदेखि सुरु हुनेछ । न्युजिल्याण्ड ईंग्ल्याण्ड भ्रमणमा रहेको छ ।
