‘म चाहन्छु विराटलाई दुनियाले एक राम्रो ब्याट्सम्यानको रुपमा याद गरुन,’ अहजरले भने,’ यदि उनले आफूलाई नियन्त्रणमा राख्न सकेनन् भने विराटको करियर बर्बाद हुन्छ।’कतिपय पूर्वक्रिकेटरले भने विराटलाई रिसमाथि नियन्त्रण गर्न सुझाव दिइसकेका छन्। पूर्वकप्तान विशन सिंह बेदीले केही दिन पहिला विराटलाई आफ्नो स्वभावमाथि नियन्त्रण गर्न सुझाव दिएका थिए। ‘टेष्ट कप्तान विराट कोहोलीको स्वाभावलाई नियन्त्रण गर्दै मार्गदर्शन दिनलाई बिसिसिआईले मजबूद कोच नियुक्त गर्नुपर्छ’,उनले भने।बेदीले क्रिकेट कबड्डी खेल नभएको भन्दै लामो समयसम्म क्रिकेट खेल्ने हो भने विराटले आफ्नो स्वभावमा परिवर्तन गर्नुपर्ने बताए।विश्वकपमा एकजना पत्रकारलाई अभद्र व्यवहारबाहेक आइपिएल खेलको समयमा आफ्नो गर्लफ्रेण्ड अनुष्का शर्मासँग भेट गरेर नियमको उल्लंघन गरेका थिए। आइपिएलको एक खेलको समयमा कोहलीले अम्पायरसँग झगडा गरेका थिए। विराट लगातार विवादमा तानिन थालेपछि बिसिसिआईले उनको व्यवहारमाथि निगरानी राख्ने बताएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline