जिव्वावे विरुद्धको दोस्रो टि ट्वेन्टी खेलमा समेत जीत हात पार्दै पाकिस्तानले दुई खेलको श्रृखलामा कब्जा जमाएको छ ।
लाहोरमा गएराति सम्पन्न खेलमा आयोजक टिम पाहुना टोली जिम्वावेलाई २ विकेटले हराउन सफल भयो ।
जिम्वावेले दिएको १ सय ७५ रनको लक्ष्य पाकिस्तानले २ बल बाकी छदै २ विकेट गुमाएर पुरा गर्यो ।
जिम्वावेले कडा संघर्ष गर्दै जीतको नजिक पुगे पनि अन्तिम ओभरमा पाकिस्तानका विलावाल भट्टीले आक्रामक ब्याटीङ गर्दै ४ बलमै १२ रन जोडेर पाकिस्तानलाई जिताउन सफल रहे ।
जिम्वावेका विलियम्सले अविजीत ५८ रन जोडे भने सिगम्बाले ४९ , मासाकाद्जाले ३९ र चिगुम्बुराले २१ रन जोडेपछि जिम्वावेले पुरै २० ओभरमा ३ विकेट गुमाएर १ सय ७४ रन बनाउन सफल भएको थियो ।
जवाफी व्याटीङमा उत्रिएको पाकिस्तानको व्याटीङ केही धर्मराए पनि मुख्तर अहमदले जीतको आधार खडा गरेका थिए । उनले ४० बल खेल्दै ६२ रन जोडे ।
त्यस बाहेक उमर अकमलले ३० रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।
दुवै देशबीच अब तीन एक दिवसीय खेल हुने छ ।