इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको उपाधी मुम्बई इण्डियन्सले जितेको छ । कोलकत्तामा गएराति सम्पन्न भएको फाईनल खेलमा मुम्बईले चेन्नई सुपर किङसलाई ४१ रनले पराजीत गर्दै उपाधी कब्जा गऱ्यो ।
मुम्वईका लागि रोहित शर्मा र सिमोन्सले आक्रामक व्याटीङ गरे पछि उसले कुल २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।
जवाफमा २ सय तीन रनको लक्ष पछ्याएको चेन्नेई निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६१ रनमा समेटियो ।
मुम्वईका सिमोन्सले आक्रामक व्याटीङ गर्दै ४५ बलमा ८ चौका र ३ छक्का सहित ६८ रन जोडे । रोहित शर्माले ६ चौका र २ छक्काको मद्धतमा २६ बलमा ५० रन बनाए । त्यस्तै पोलार्ड र रायडुले समेत समान ३६ रन जोडे पछि मुम्वई बलियो स्थितिमा पुगेको थियो ।
चेन्नईका लागि स्मिथले ५७ र सुरेश कुमार रैनाले २८ रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।