काठमाण्डौ ,१० जेठ ।
नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी )तमुवान राज्य समिती कास्की जिल्लाले भुकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान जारी राखेको छ ।
भुकम्पीय ध्वंशलाई निर्माणमा बदलौ, विपत्तीलाई समृद्धिको आधार बनाऔं’ भन्ने नाराका साथ डेढ महिने अभियान सुरु गरेको समितिले राहत वितरण तथा बिभिन्न प्रभावित क्षेत्रमा पुगी पुनर्निमाण र पुनस्र्थापनामा सघाउ पुर्याउदै आएको छ ।
दोश्रो चरणको उद्धार तथा राहत अभियानको पहिलो टोलि भुकम्प अति प्रभावित गोरखा जिल्ला पुगेको छ । गोरखा गएको टोलीको बिदाई गर्दै पार्टि राज्य इन्चार्ज सावित्रा दुरा र बिद्यार्थी सङगठनका राज्य सम्योजक लोकेश बिश्वकर्माले भुकम्प पिडित जनतालाई निश्वार्थ सहयोगमा जुट्न आग्रह गरेका थिए । निर्माणका औजार सहितको टोलि गोरखा पुगेको हो ।टोलि आज कास्की र गोरखामा पुनर्निमाणको काममा जुट्दैछ ।
