बैतडीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सुरु

बैतडीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सुरु

  • आइतवार, जेष्ठ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बैतडी ,१० जेठ ।

बैतडीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सुरु भएको छ । ११ करोडको लागतमा दशरथचन्द क्रिकेट स्टेडियम निर्माण कार्य सुरु भएको हो ।

बैतडी सदरमुकाम स्थित सुन्दरखालीको दशरथ चन्द क्रिकेट मैदानको स्तरोन्नती गरेर सुबिधा सम्पन्न खेल मैदानको निर्माण कार्य सुरु भएको छ ।

खेलमैदान, पेभेलियन, ड्रेसिङ रुम, प्रशासकीय भवन, जिम हल र प्राक्टिस हल सहितको सुविधा सम्पन् खेल मैदान बनाउने योजना सहित निर्माण कार्य थालिएको छ ।

तीन महिनाभित्र दुई मिटर उच्चो पर्खाल तथा कटिङ लागायतका काम सुरु गरिएको क्षेत्र नम्बर ६ बैतडीका कार्यवाहक अध्यक्ष बिनोद चन्दले बताए ।

तीन बर्ष्भित्र क्रिकेट मैदान सम्पन्न गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा डेढ करोडको टेण्डर स्वीकृत भएर काम सुरु गरिएको अध्यक्ष चन्दले बताए ।
जेठ महिनासम्म पहिलो चरणको काम सम्पन्न हुने उहाँले बताउनुभयो । दोस्रो चरणको काम अर्को ठेक्कामार्फत हुनेछ ।

भौतिक पूर्वाधार र प्रशिक्षण नपुग्दा स्तरीय क्रिकेट खेल्न र राष्ट्रिय स्तरका प्रतियोगिता गराउन नसक्दा बैतडीका खेलाडी दुःखी थिए ।
मैदान अभावमा प्रतियोगिता सम्पन्न गर्न कठिनाई भइरहेको अवस्थामा सरकारले खेल मैदान निर्माणको लागि बजेट बिनियोजन गरेपछि यहाँका क्रिकेट खेलाडी उत्साहित भएका छन् ।

खेल मैदान निर्माणपछि भारतसँग सिमा जोडिएको यो ठाँउमा भारतका खेलाडीहरु आउन सक्ने र खेलको स्तर समेत बढन सक्ने क्षेत्र नम्वर ६ का सचिव तेजप्रकाश भट्टको भनाई छ ।

पाँच बर्षमा राष्ट्यि तथा अन्तराष्ट्यि स्तरका क्रिकेट प्रतियोगिता खेलाउन सकिने खेल मैदानको निर्माण कार्य सुरु भएपछि यो क्षेत्रका स्थानीय खुशी भएका छन् । सुबिधासम्पन्न खेल मैदान बनेपछि बैतडीको व्यवसायमा पनि परिवर्तन आउने विश्वास गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी