जेष्ठ १० एजेन्सी ।
इण्डियन प्रिमियर लिग क्रिकेटको फाइनल खेल हुदै छ ।
कोलकत्तामा आज राति सवा ८ बजे पछि हुने खेलमा चेन्नई सुपर किङस र मुम्वई ईन्डियसन्सबीच प्रतिस्पर्धा हुने छ ।
चेन्नई ६ पटक फाईनलमा पुगेको छ भने मुम्वई ३ पटक मात्र फाईनल पुगेको छ । यही प्रतियोगीताको समुह चरणको खेलमा मुम्वईले चेन्नईलाई हराएको थियो ।
आज राष्ट्रिय कप्तान समेत रहेका महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई उपाधी जीत्ने दाउमा देखिएको छ भने रोहित शर्माको मुम्वई ईन्डियन्स पनि उपाधीको लागि दावेदार देखिएको छ ।
बेलुकी हुने खेलका लागि प्राय सबै टिकट बिक्री भईसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आईपिएललाई विश्वकै सर्वाधीक रासीको क्रिकेट प्रतियोगीता मानिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline