अब नेपालमा जस्तै भूकम्प भारतमा आउने वैज्ञानिकको दावी

अब नेपालमा जस्तै भूकम्प भारतमा आउने वैज्ञानिकको दावी

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाण्डौ ९ जेठ ।

नेपालमा शक्तिशाली भूकम्प गए पछि अहिले संसारभर भूकम्वबारे खोज अनुसन्धान र विष्लेषणहरु भईरहेका बेला भारतीय विज्ञहरुले अब नेपालमा जस्तै भूकम्प भारतीय भूखण्डमा आउने निश्चित भएको बताएका छन् । तर यस्तो भूकम्प आउन आजदेखि ५० वर्ष भित्रको अवधिमा जुन सुकै बेला हुन सक्ने औल्याएका छन् ।

अहमदावादमा रहेको सिस्मोलोजिकल रिसर्च ईन्टीच्युटका डाईरेक्टर जनरल बि के रस्तोगीले भारतमा हालै नेपालमा गएकै गतिको भूकम्प आउन बाकी‘ रहेको दावी गरेका छन् ।

तत्कालै आउने नआउने भन्न नसकिए पनि आजैदेखि ५० वर्ष भित्र त्यो आउने निश्चित भएको रस्तोगीको दावी छ । उनले हिमालय खण्डमा अझै पनि भूकम्पको खतरा टरिनसकेको तर अब यो खतरा भारतमा बढी भएको बताएका छन् ।

नेपाल हिमालय क्षेत्रको सेन्ट्रल रिजन भएकोले यसमा ठूलो झड्का आएको र हिमालय रेञ्जमा ८० वर्ष पछि ठूलो झड्का आएको हो भने अब अझै पनि यस्तै झड्काहरु आउन सक्छ ।

जसले अब भारतीय भूखण्डलाई असर पार्ने भारतीय वैज्ञानिकहरुको दावी छ । भारतमा भूकम्प आएमा कास्मीर, हिमाञ्चल, पञ्जाव र उत्तराखण्डको हिमाली तथा पहाडी क्षेत्रमा केन्द्रविन्दु भएर आउन सक्ने उनीहरुको तर्क रहेको छ । सेसमिक ग्याप त्यस क्षेत्रमा बढेको पहिचान भएको उनीहरुको तर्क रहेको छ ।

बैशाख १२ गते ७.९ रेक्टरको शक्तिशाली भूकम्प पछि सोही दिनका ठूला भूकम्प बाहेक पनि १३ बैशाखमा गएको अर्को शक्तिशाली भूकम्प थियो ।

त्यस पछि स साना भूकम्पहरु निरन्तर गए तर बैशाख २९ गते एक्कासी फेरी ६.८ रेक्टरको शक्तिशाली भूकम्प गए पछि आम नेपालीमा भूकम्प सधै आईरहने हो कि ? हामी सधै त्रसित भएर बसिरहनु पर्ने हो कि भन्ने चिन्ता अझै बाकी छ किन कि साना साना भूकम्पका पाराकम्पनहरु अझै पनि दिनमा २/४ पटक गईरहेका छन् ।

त्यसैले यो पाराकम्पन गईरहनुको कारण के हो यस विषयमा विदेशी वैज्ञानिकको अनुसन्धानहरु के छन् ? भन्ने बारेमा केही विवरण सार्वजनिक भएको छ ।

   नेपालमा भूकम्प आउने संकेत पहिले नै मिलेको थियो ?

रुसी वैज्ञानिकहरुसग‘ मिलेर भूकम्पको अध्ययन गरीरहेका भारतीय भूकम्प वैज्ञानिक सूर्यासु चौधरीका अनुसार नेपालको हिमालय क्षेत्रमा पछिल्लो ९ महिना देखि प्लेटमा उथलपुथल भईरहेको छ । प्लेट खसे पछि नेपालको विक जोन अर्थात भूकम्प केन्द्र आसपासबाट रेडान ग्यास निस्कनु शुरु भएको थियो ।

नेपालमा शक्तिशाली भूकम्प जानु अघि नै अप्रील ६ मा यो प्रकृया तीव्र हुदा स्याटलाईटको मद्धतबाट पकडमा आएको उनको दावी छ ।

भूकम्पको पूर्वानुमान गर्नका लागि भूगर्भ भित्र रहेको रेडान ग्यास विकजोन अर्थात केन्द्रविन्दुबाट पहिले नै बाहिर आउन थाल्छ र यसले वायुमण्डलमा भएको ग्याससग‘ रासायनिक क्रिया गर्दछ । जसको मद्धतबाट भूकम्पको पूर्वानुमान गर्न सकिने उनको तर्क छ ।

उनको यो दावी सहितको समाचार विभिन्न हिन्दी भारतीय अखबार र अनलाईनहरुमा १२ मे अर्थात बैशाख २९ गते प्रकाशित थियो । उनले सो दिन तीन दिन सतर्क रहन सुझाव दिएका थिए ।

जुन दिन नेपालमा ६.८ रेक्टरको शक्तिशाली भूकम्प दोहोरीएको थियो । जसले दोलखालाई विषेशगरी तहसनहस पाऱ्यो ।

उनको विष्लेषणलाई मान्ने हो भने अब चाही दोलखामा ठूलो पहिरोहरु गएर भूमि चिरिएकोले शायद जमिन मुनिको उर्जा बाहिरीएको हुन सक्छ र अब विस्तारै पाराकम्पन कम हुदै जाला ।

साना भूकम्प आईरहनुको कारण ?

साना भूकम्पहरु अर्थात पाराकम्पनहरु जो ठूलो भूकम्प पछि प्राय आईरहन्छ , तर यो पनि नेपालको हकमा धेरै नै आएकोमा वैज्ञानिकहरु अचम्ममा छन् । तर रुसी र भारतका वैज्ञानिकहरुको नया तर्क आएको छ ।

उनीहरुले जमिन मुनिको ग्यास बाहिर आईनसकेकोले निरन्तर पाराकम्पनहरु गईरहेको भनेका छन् । रुसी वैज्ञानिकसग‘ मिलेर भूकम्पको अध्ययनमा लागेका भारतीय वैज्ञानिक सूर्यासु चौधरीले बैशाख १२ को भूकम्पले नेपालमा कुनै पनि जमिनमा ठूलो दरार नल्याएका कारण जमिनमुनि रहेको ग्यासको उत्सर्जन पर्ण रुपले बाहिर आएको छैन ।

जब सम्म जमिनमुनि सञ्चित भएको उर्जा बाहिर आउदैन तब सम्म यस्ता कम्पनहरु आईरहने वैज्ञानिक चौधरीको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी