आईपिएल क्रिकेटको फाईनलमा चेन्नई र मुम्वई भीड्ने

आईपिएल क्रिकेटको फाईनलमा चेन्नई र मुम्वई भीड्ने

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी जेष्ठ ९ ।
दोस्रो क्वालीफायरमा रोयल च्यालेन्जर्स व्याङलोरलाई हराउदै आईपिएल क्रिकेटको उपाधीका लागि चेन्नई सुपर किङसले मुम्वई ईन्डियन्ससग‘को भीडन्त पक्का गरेको छ ।
गएराति सम्पन्न खेलमा महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नईले रोयलमाथि ३ विकेटको रोमाञ्चक जीत निकाल्यो ।

पहिले व्याटीङ गरेको रोयल च्यालेन्जर्सले दिएको १ सय ४० रनको मध्यम लक्ष्य चेन्नईले ७ विकेट गुमाएर १ बल बाकी छदै पुरा गऱ्यो ।

ब्याङलोरका लागि अनुभवि खेलाडी क्रिस गेलले ४१,सर्फराज खानले ३१ तथा कार्तिकले २८ रन बनाउनु बाहेक अन्य व्याटस्म्यानले उल्लेख्य योगदान गर्न नसक्दा कुल २० ओभरमा ८ विकेट गुमाएर टिमले १ सय ३९ रन जोडेको थियो ।

जवाफी व्याटीङमा उत्रिएको चेन्नईका लागि माईक हसीले ५६ रन जोडेर जीतको आधार दिए । भने संकटको अन्तिम चरणमा उत्कृष्ट व्याटीङ सहित महेन्द्र सिंह धोनीले २६ रन जोडे । उसका लागि प्लेसिस २१ र स्मीथ १७ रनमा आउट भएका थिए ।
अब फाईनलमा मुम्वई ईन्डियन्स र चेन्नईबीच आईतबार खेल हुने छ । पहिलो चरणको खेलमा मुम्वईले चेन्नईलाई हराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी