पाकिस्तानद्धारा पहिलो खेलमा जिम्वावे पराजीत

पाकिस्तानद्धारा पहिलो खेलमा जिम्वावे पराजीत

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

जेष्ठ ९ एजेन्सी । 
पाकिस्तानी दर्शकहरुमा शुक्रबार राति दुई खुसीहरु एकसाथ आए । पहिलो उनीहरुले ६ वर्ष यता पहिलो पटक अन्तराष्ट्रिय औपचारीक क्रिकेट घरेलु मैदानमा खेलेको हेर्न पाए भने दोस्रो आफ्नो टिमले जिम्वावे विरुद्ध ५ विकेटको जीत निकालेको देख्न पाए ।
लाहोरमा भएको खेलमा जिम्वावेले दिएको १ सय ७३ रनको लक्ष्य पाकिस्तानले ३ बल बाकी छदै ५ विकेट गुमाएर पुरा गऱ्यो ।

कडा सुरक्षा बीच खलाईएको टी ट्वेन्टी श्रृखलाको पहिलो खेलमा पाकिस्तानले जिम्वावे माथि ५ विकेटको जीत निकाल्ने क्रममा मुख्तर अहमदले सर्वाधीक ८३ रन जोड्न सफल रहे । उनी म्यान अफ् दि म्याच घोषित भए । त्यस्तै अहमद सेहजादले ५५ रन बनाएका थिए ।
जिम्वावेका लागि चिगुम्बुराले ५४ र मासाकाद्जाले ४३ रन जोडेका थिए ।

पाकिस्तानका लागि मोहम्मदले ३ विकेट लिए भने वाहाव रियाज २ तथा सोएब मल्लिकले १ विकेट लिए । जिम्वावेका क्रिमर २ तथा विलियम्स, भिट्टोरी र पानाम्गाराले समान एक एक विकेट लिए ।

दुई खलेको श्रृखलामा पाकिस्तानले १–० को अग्रता कायम गरेको छ । भोली अब दुवै देशबीच दोस्रो टी ट्वेन्टी खेल हुने छ । त्यस पछि दुवै देशले तीन एक दिवसीय श्रृखला पनि लाहोरमै खेल्ने छन् ।

६ वर्ष अघि श्रीलकाली क्रिकेट टिममाथि भएको आत्मघाती हमला पछि पाकिस्तानमा आईसीसीले अन्तराष्ट्रिय क्रिकेट प्रतिवन्ध गरेको थियो । त्यस पछिको सबै भन्दा पहिलो अन्तराष्ट्रिय भ्रमण टोलीको रुपमा जिम्वावे पाकिस्तान आएको हो । जसको सुरक्षा र स्वागत पाकिस्तानमा भव्य भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी