काठमाण्डौ ,८ जेष्ठ ।
वैशाख १२ गते विनाशकारी भुकम्प जादा पाँच सेकेण्डमा नै काठमाण्डौ डेढ मिटर दक्षिणपश्चिम सरेको अमेरीकी वैज्ञानिकले बताएका छन् । ५० सेकेण्डभन्दा लामो भुकम्पको धक्का महशुस भएपनि काठमाण्डौ भने डेढ सेकेण्डमा सरेर परिवर्तन भएको हो ।
अमेरीकाको कोलोराडो विश्वबिद्यालयका प्राध्यापक वैज्ञानिक रोजर बिहामले संसारमा यति छोटो समयमा यति ठुलो सहर सरेको उदाहरण नभएको बताउनु भयो ।
उहाले भन्नुभयो पाच सेकेण्डमा काठमाण्डौ डेढ मिटर सरेको छ । यो संसारका कुनै पनि राजधानिमा भएको छैन । वैज्ञानिकहरुलाई जमिनको हल्लाई र काठमाण्डौ सर्नुको कारण पत्ता लगाउन नै क अप्ठ्यारो परेको पनि उहाले बताउनु भयो ।
भुकम्पमाथि छलफल गर्न काठमाण्डौ आएका बिहानले काठमाण्डौमा भुकम्पका धेरै ब्यावहारले आफुहरु अचम्ममा परेको बताउनु भयो ।
काठमाण्डौ भन्दा उत्तरतर्फको भुभाग अग्लो भएको उदाहरण दिदै उहाले भुकम्पको धक्काले काठमाण्डौलाई कोल्टे बनाएको बताउनु भयो । एकातिर भिरालो र अर्कातर्फ उच्चा भएको छ । सोहि कारण पानीको सतहमा समेत फेरबदल ल्याएको छ ।
अग्लो भएको ठाउतिर पानीको सतह माथि आएको र अरुतीर पानीको सतह तल झरेको पनि उहाले प्रश्ट पार्नुभयो । नापि विभागले पनि यसअघि काठमाण्डौको जमिन सरेको बताएपनि कति समय वा दिशाबारे केहि भनेको थिएन ।
वैज्ञानिक बिहामले संसारभरि भुकम्पका घटना र प्रकृति अध्ययन गर्दा धेरै कारणले अठौठो भएकोले संसारभरका वैज्ञानिकले अनुसन्धान गरिरहेको बताउनु भएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।