ललितपुर पूलचोकमा रहेको निदान अस्पताल जनसेवा र राहतमा अव्वल देखिएको छ । भूकम्प गए लगत्तै त्यस बाट प्रभावित घाईतेहरुको निशुल्क उपचार मा सक्रियता देखाएको यस अस्पताल र युवा चिकित्सकहरुले स्वतस्फूर्त रुपमा उपचार र राहत वितरणमा अग्रसरता देखाएको थियो ।
संभवत: उपत्यकाका धेरै निजी अस्पतालमा पहिलो पटक यसले निशुल्क उपचार शुरु गर्नुका साथै राहत वितरणमा सक्रियता देखाएको हो ।
यस अस्पतालले बैशाख १२ को महाभूकम्प भूकम्प पीडित सयौं विरामीहरुको निशुल्क उपचार र अप्रेसन बाहेक विभिन्न जिल्लामै पुगेर राहत समेत वितरण गरी उदाहरणीय कार्य प्रस्तुत गरेको छ ।
एकातिर विरामीहरुको सेवामा लाग्नु पर्ने जिम्मेवारी त छ‘दै थियो अर्कोतिर सिन्धुपालचोक, रसुवा , र काठमाण्डौं वरिपरिकै प्रभावित ईलाकामा पनि स्वयसेवा, र राहत वितरण गऱ्यो ।
- राहत वितरणका लागी जादै अस्पतालका स्वास्थ्यकर्मीहरु
अस्पतालको नेतृत्वमा तीन जना मेडिकल डक्टर सहित स्वयंसेवक टोलीले पहिलो पटक काठमाण्डौं भन्दा ९५ किलो मिटर टाढा सिन्धुपालचोकको अर्चलेमा पुगेर विरामीको उपचार तथा राहत वितरण समेत गऱ्यो । त्यस समयमा अस्पताल टोलीले ९ सय किलो चामल, ५ सय पकेट ड्राईफुड्स , कपडाहरु, सामुहिक प्रयोगका लागि टेन्ट, रेनकोट, औषधीहरु वितरण गऱ्यो ।
जुन ठॉउमा भूकम्पका कारण १७ जनाको मृत्यु भएको थियो भने ५६ घाईते भएका थिए । ९ जना उक्त गाउमा बस्दै आएका थिए ।
- भुकम्प पिडित घाईतेको उपचारमा निदानका चिकित्सक
यसै गरी निदानको राहतको दोस्रो चरण थियो सिन्धुपालचोकमै । चौतारा, सिमपानी, लगायतका ठॉउमा । यस क्षेत्रमा निदानले १ सय २० किलो चिउरा, दालमोठ, नुन, त्रिपाल, औषधी लगायतका सामाग्री वितरण गरेको थियो ।
यस्तै, काठमाण्डौंकै भूकम्प प्रभावित ग्रामिण क्षेत्रहरुमा पुगेर निदान अस्पतालका भोलन्टियरहरुले औषधी , त्रिपालहरु वितरण गरीएको थियो ।
निदान अस्पतालका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठ भन्नु हुन्छ “ हाम्रो अस्पतालमा युवा डाक्टरहरु धेरै हुनुहुन्छ , उहाहरुले स्वत स्फूर्त रुपमा निशुल्क उपचार र राहत वितरणमा सक्रियता देखाउनु भएकोले अस्पताललाई अझ सजियो भयो र धेरै सहयोग गर्ने देश तथा विदेशमा रहेका संस्थाहरुबाट पनि सहयोग आएकोले हामी अझ खुसी छौं । ” निर्देशक श्रेष्ठले अहिले भूकम्पले सबै जनतामा पीडिा दिएको बेला थोरै भए पनि जनताको सेवा गर्न पाउदा खुसी लागेको भन्दै आगामी दिनमा पनि यस्ता विपतहरुमा सधै सहयोगका लागि सक्रिय हुने बताउनु भयो ।
निदानको यस जनसेवाको अभिययानमा आरोग्य प्रतिष्ठान, न्यूयोर्क नेवा गुठी, वन किलो फर नेपाल, लक्ष्मी हुन्डाई, नीति फाउण्डेसन , नेपाल चेम्वर अफ कमर्स, नेपाल फर्माकुलिष्ट ल्याव प्रा.लि. , नेपाल ट्रष्ट लगायतकाको सहयोग रहेको थियो ।
- चीनको सान यात सेन युनिभर्सिटिबाट प्रदान गरेको औषधि बिरतण गर्दै बिचमा निदान हस्पिटलका कार्यकारी निर्देशक अभिशेक श्रेष्ठ
भूकम्पबाट पीडित थुप्रै जनतामा औषधी र सिरिञ्ज चलाउने चिकित्सकका हातहरुले राहत सामाग्रीहरु समेत वितरण गरेर निदान अस्पताल र यसका स्वयसेवक चिकित्सक सहितको टोलीलाई थुपै क्षेत्रबाट प्रशसा प्राप्त भएको देखिएको छ ।







