इस्लामिक स्टेटद्धारा सिरियाको पल्माईरा शहर कब्जा

इस्लामिक स्टेटद्धारा सिरियाको पल्माईरा शहर कब्जा

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

विद्रोहि समूह इस्लामिक स्टेटका लडाकुले सिरियाको पल्माईरा शहर कब्जा गरेको छ ।
पल्मारामा रहेका सरकारी सुरक्षाकर्मीलाई हटाइएर लडाकुले कब्जा गरेको सिरियाको सरकारी टेलिभिजनलाई उदृत गर्दै बिबिसिले जनाएको छ ।

यस्तै शहरमा रहेका स्थानियहरुलाई पनि लडाकुले सो क्षेत्रबाट हटाएको जनाएको छ । आईएस लडाकु पल्मारा शहरको दक्षिणमा अबस्थित ऐतिहासिक स्थलमा प्रवेश गर्ने प्रयासमा रहेका छन् ।

पल्मारा शहर यूनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । लडाकुले शहर कब्जा गरि दक्षिण तर्फ प्रवेश गर्ने प्रयासमा रहेकाले ऐतिहासिक स्थलमा रहेको संग्रहालयबाट सयौ बहुमुल्य प्राचिन कलाकृतिलाई निकालेर सुरक्षीत स्थामा लगिएको प्राचिन सामग्री हेर्ने प्रमुख मामुन अब्दुलकरीमले जनाएका छन् ।

तर शहरमा अबस्थित अन्य महत्वपूर्ण बस्तुहरु भने हटाउन नसकि भएकाकारण त्यसको सुरक्षामा चुनौति रहेको उनले बताएका छन् । यस्तै आईएस लडाकुले तेल र ग्यास रहेको स्थानमा पनि कब्जा गर्ने कोशिस गरीरहेको जनाईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी