विद्रोहि समूह इस्लामिक स्टेटका लडाकुले सिरियाको पल्माईरा शहर कब्जा गरेको छ ।
पल्मारामा रहेका सरकारी सुरक्षाकर्मीलाई हटाइएर लडाकुले कब्जा गरेको सिरियाको सरकारी टेलिभिजनलाई उदृत गर्दै बिबिसिले जनाएको छ ।
यस्तै शहरमा रहेका स्थानियहरुलाई पनि लडाकुले सो क्षेत्रबाट हटाएको जनाएको छ । आईएस लडाकु पल्मारा शहरको दक्षिणमा अबस्थित ऐतिहासिक स्थलमा प्रवेश गर्ने प्रयासमा रहेका छन् ।
पल्मारा शहर यूनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । लडाकुले शहर कब्जा गरि दक्षिण तर्फ प्रवेश गर्ने प्रयासमा रहेकाले ऐतिहासिक स्थलमा रहेको संग्रहालयबाट सयौ बहुमुल्य प्राचिन कलाकृतिलाई निकालेर सुरक्षीत स्थामा लगिएको प्राचिन सामग्री हेर्ने प्रमुख मामुन अब्दुलकरीमले जनाएका छन् ।
तर शहरमा अबस्थित अन्य महत्वपूर्ण बस्तुहरु भने हटाउन नसकि भएकाकारण त्यसको सुरक्षामा चुनौति रहेको उनले बताएका छन् । यस्तै आईएस लडाकुले तेल र ग्यास रहेको स्थानमा पनि कब्जा गर्ने कोशिस गरीरहेको जनाईएको छ ।



