विश्व खाद्य कार्यक्रम र रेडक्रसले मुसाको लिँड मिश्रीत कुहिएको चामल बाडे

विश्व खाद्य कार्यक्रम र रेडक्रसले मुसाको लिँड मिश्रीत कुहिएको चामल बाडे

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौ, ७ जेष्ठ ।

भुकम्पले घरवार बिहिन भएका पिपितहरुलाई बिभिन्न दातृ निकायले वितरण गरेको राहतका कारण अर्को संकट आउने देखिएको छ । राहतका नाममा आएका खाद्यसामग्री तथा औषधिले पिडितको ज्यान नै जोखिममा पर्ने स्थीति देखिएको हो ।

विश्व खाद्य कार्यक्रम र रेडक्रसले काभ्रे र गोरखामा कुहिएको चामल वितरण गरेपछि सो क्षेत्रका मानिसमा तत्काल झाडापखाला लागेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । तत्काल बिरामिको उपचार र त्यस्तो चामल नस्ट गरि खानबाट रोक नलगाएमा यसले महामारीको रुप लिनसक्ने भन्दै स्थानियले चिन्ता व्यत्त गरेका छन् ।

काभ्रे जिल्लाको अरनिको राजमार्गबाट उत्तर र सिन्धुपाल्चोक जिल्लासँग जोडिएका इन्द्रावतीदेखि दक्षिणी भेगमा बिडिएको चामल कुहिएको पाईएको आयोगले जनाएको छ । ती क्षेत्रमा पुर्याईएको १ सय बोरा चामलमा ६० बोरा बाडिसकिएको छ ।

चामलमा मुसाको लिड ,सरोबरी ढुङगाको स साना टुक्रा ,घुन लागेको तथा चामल पखाल्दा कालो पानी आउने गरेको छ । प्रति परिवार १० केजिका दरले पाएको चामल खाने वित्तिकै सबै झडापखालाका लागेर बिरामि परेको स्थान्ीयले बताएका छन् । आयोगले अनुगमन पश्चात जिल्ला प्रशासनलाई तत्काल त्यस्तो चामल नष्ट गरी थप थप वितरण गर्न रोक लगाउन निर्देशन दिएको छ ।

यसैबीच ,भारतले म्याद सकिन लागेको इन्डिया लिमिटेड थ्री प्लेट नामक कम्पनिले पठाएको औषधिको नेपाल आईपुगेको छ । दुखाई कम गर्ने १५ सयभन्दा बढी ट्याब्लेट औषधि छ । सो औषधिको म्याद जुन १५ सम्म मात्र छन् ।

राहत पठायो भन्ने नाममा बिरामिको स्वास्थ्य सँग नै खेल्न खोजिएको भन्दै आलोचना भएको हो । यसअघि आएको औषधिको म्याद पनि कम अवधिको भएको र अहिले त्यो खान नमिल्ने अबस्थामा पुगेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी