जेष्ठ ६ काठमाण्डौं ।
बैशाख १२ गतेको शक्तिशाली भूकम्प पछिका लगातार पाराकम्पनहरु गएर नेपालीहरुको मन अझै पनि तरगित बनाईरहेको छ ।
बुधबार मात्रै पनि दि‘उसो तिर मकवानपुर र ललितपुरलाई केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण मानिसहरु सडकमा निस्किएका थिए । अहिले उपत्यकाको ४० प्रतिशत जति घरहरु बस्न अयोग्न भएको देखिएको छ । जसका कारण धेरै मान्छेहरु राजधानी छाडेर अन्यत्र गएका छन् ।
राजधानीमा पेशा व्यवशाय गर्दै आएका मानिसहरुको ठूलो संख्या अहिले पूर्वको ईटहरी, झापा, सर्लाही , चितवन लगायतका जिल्लामा पुगेर उतै व्यवशाय गर्न शुरु गरेका छन् भने कतिपय व्यवशायको खोजीमा लागेको देखिएको छ ।
यस्तै राजधानीको विभिन्न स्कुलमा पढ्दै आएका विद्यार्थीहरु पनि पूर्वतर्फ गएर उतै भर्ना शुरु गरीसकेका छन् ।
राजधानीको प्राय: भौतिक संरचना कमजोर भएको अनुमानका कारण पनि मानिसहरु अब बाहिरै सुरक्षित हुने भन्ने आशयले बाहिरिन थालेका हुन् ।
तर अर्कोरित सिन्धुपालचोक लगायत भूकम्पबाट अति प्रभावित जिल्ला र क्षेत्रबाट भने मानिस राजधानीको रिङरोड बाहिरका क्षेत्रहरुमा जग्गा खोज्दै हिडिरहेको देखिएको छ ।
यसै गरी डेरा गरी बस्ने र घरै भएका धेरै मानिसहरु खुल्ला र सुरक्षित ठाउको खोजी गर्दै रिङ रोड छेउछाउतिर जग्गा लिजमा लिएर टहरा बनाई बस्ने योजनाका साथ घुमिरहेको देखिएको छ ।
काठमाण्डौं, भक्तपुर र ललितपुरको रिङरोड मास्तिरका क्षेत्रहरुमा मानिहरु दिनहु जग्गा लिजमा खोज्दै हिडिरहेको देख्न सकिने हाम्रा प्रतिनिधिहरुले बताएका छन् ।
मानिसहरु दैनिक जग्गा लिजमा खोज्न आउदै गरेको देखे पछि अहिले जग्गा धनीहरु लिजको भाउ समेत बढाउन थालेका छन् । गोठाटारमा तातोपानी सिन्धुपालचोकबाट आएको एक समुहले साढे ४ रोपनी जग्गा लिन खोज्दा प्रति रोपनी वर्षको एक लाख भन्ने सुने पछि त्यत्तिकै फर्किएका छन् ।
सरकारले असार मसान्त सम्म घर नबनाउन भने पछि अझ मानिसहरु वर्षातको शुरुवात हुन आटेकाले पनि टहराहरुको खोजीमा व्यापक लागेको देखिएको छ ।
राजधानीमा साना घर र खुल्ला भएका ठाउमा तीव्र भाडा बढाए पनि मानिसले डेरा लिएका छन् भने चर्किएका साघुरा ठॉउहरुमा डेरा छाड्दै हिड्ने गरेको देखिएको छ ।
अझ अर्कोतिर हाउजिङमा बसिरहेका व्यापारी तथा सम्पन्न परिवारका मानिसहरु समेत एक तले घर फराकीलो क्षेत्र खोज्दै हिडेको देखिएको छ ।
अहिले सुरक्षित भनिएको कमल पोखरी लगायतका क्षेत्रमा रहेका अपार्टमेन्टका मानिसहरु पनि घर भाडाका लागि खोज्दै हिडीरहेको देखिएको छ ।
यस्तै अर्को तर्फ पहिला घरको माथिल्लो तलामा बस्ने घरबेटीहरु अहिले भुई तल्लामा सर्न थालेका छन् । कतिपयले भाडामा बसेका मानिसलाई अनुरोधै गरेर सर्न थालेका छन् भने कतिपयले भाडामा बसेका मानिसलाई निकालेरै पनि तल्लो तलामा बस्न थालेका छन् ।
यो समग्र घटनाक्रमले राजधानीको जीवन शैली र प्रवृतिमै परिवर्तन ल्याउदै गएको देखिएको छ ।