एजेन्सी ६ जेठ ।
ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको एलिमिनेटर खेलमा आज रोयल च्यालेञ्जर्स बेङ्लोर र राजेस्थान रोयल्स भिड्ने भएका छन ।
खेल नेपाली समय अनुसार पुणेमा रहेको महाराष्ट्र स्टेडियममा बेलुकी सवा ८ बजे शुरु हुनेछ । बेङ्लोर बिराट कोहली र राजेस्थान शेन वाट्शनको कप्तानीमा मैदान उत्रनेछ ।
आज बिजयी हुने टोलिले फाईनल प्रबेशका लागि दोश्रो क्वालिफायरमा खेल्न पाउने भएकाले दुबै टोलि जितको खोजिमा हुनेछन । बिजयी हुने टोलीले दोश्रो क्वालिफायरमा २२ मे अर्थात आगामी शुक्रबार चेन्नेईको सामना गर्नुपर्नेछ ।
दोश्रो क्वालिफायरको बिजेताले फाईनलमा मुम्बईको सामना गर्नेछ । फाईनल खेल आईतबार कोलकत्तामा हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline