कमठमाडौ,६ जेठ ।
मुम्बई इन्डियन्स आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई २५ रनले पाखा लगाउदै मुम्बई फाइनलमा पुगेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफि व्याटिङमा उत्रिएको चेन्नइले १९ ओभरमा अल आउट हुदै मात्र १६२ रन बनाउन सक्यो ।
मुम्बईका लिन्डेल सिमोन्सले ५१ बलमा ३ चौका र ५ छक्का हान्दै सर्वा्धिक ६५ रन बनाए भने अर्का खेलाडी किरेन पोलार्डले १७ बलमा एक चौका र ५ छक्का हान्दै ४१ रनको योगदान थिए । यस्तै पार्थिव पटेलले ३५ रन बनाए । सिमोन्स र पटेलले ९० रनको साझेदारी गरे ।
मुम्बइसँगको खेलमा हार व्यहोरे पनि चेन्नइले अर्को खेल खेल्न पाउनेछ । चेन्नइको अर्को खेल शुक्रबार हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline