कुल क्याप्टेन पारस र फेरी विश्वकपको सपना !

कुल क्याप्टेन पारस र फेरी विश्वकपको सपना !

  • मङ्लबार, जेष्ठ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

यस पटक सिंगो नेपाल र नेपाली भूकम्पले पीडित छौं । त्यसको स्वभाविक असर खेल जगतमा पनि छ । त्यसले फुटबल, क्रिकेट जस्ता खेल क्षेत्रमा ठूलो असर पारेको छ ।
त्यसमा पनि अहिले निकै सफल रुपले नेपाल अघि बढेको खेल क्रिकेट हो र त्यसलाई सफलताको दिशामा लगिरहेका क्याप्टेन हुन् पारस् खड्का र प्रशिक्षक हुन पुवुदु दासानायके । जो निकै चतुर प्रशिक्षकका रुपमा पनि देखिएका छन् । भूकम्पको पीडाका बीच अब उनीहरुको काधमा यो जिम्मा आएको छ कि नेपालले आगामी सन् २०१६ मा भारतमा हुने विश्व कपमा फेरी नेपाललाई पुऱ्याउने ।
सन् २०१४ को बंगलादेशमा सम्पन्न विश्वकपमा नेपालले अफ्गानिस्तान , हङकङ जस्ता टोलीमाथि सहज जीत निकाल्दै आयोजक बंगलादेशसग‘ पनि उच्च स्तरीय खेल पस्केको थियो र शायद १० रन जति बढी बंगलादेशसग‘ लिएको भए शायद नेपालले दोस्रो चरणमा भारत पाकिस्तान जस्ता मुलुकको सामना गर्न पाउने थियो । तर त्यो संभव भएन तर पनि ईतिहासमा पहिलो पटक हाम्रो लागि क्रिकेटको विश्वकप थियो ।
अब फेरी पनि त्यस्तै विश्वकपका लागि छनौटको माहौल शुरु भएको छ । र नेपालले यस पटक पनि सापेक्ष बलियै प्रतिद्धन्दीहरु विरुद्ध उत्रनु पर्ने छ । यसका लागि प्रारम्भिक २२ सदस्यीय टोलीको छनौट भएको छ र उनीहरुको प्रशिक्षण शुरु हुदै छ । अनि फेरी आएका छन् कुल क्याप्टेन पारस र कोच छन् उही प्यारा पुवुदु ।
खेलकुद परिषद् र क्यान भित्र अनेकौ लफडा र विवादहरु होलान् तर खेलाडीले जहिले पनि शान्त तर आक्रामक रुपमा आफूलाई पस्कदै आएका छन् ।

यस्तोमा फेरी पनि पारसको नेतृत्व ज्ञानेन्द्र मल्ल, शक्ति गौचन लगायत सबै खेलाडीहरुको भरपुर मेहेनतले नेपालले ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट खेल जुन अर्को महिना ३ जुलाई देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुनेछ त्यसमा सफल हुने विस्वास गर्न सकिन्छ ।

दुई समुहमा हुने १४ टिम मध्य ६ टिम विश्व कपका लागि छानिने छन् । यस्तै आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सिप जुलाई २९ र ३१ मा स्कटल्याण्डमा नै हुने छ त्यसमा पनि नेपाल सफल हुने छ र भूकम्पको पीडाका बीच केही खुसी खेलाडीले दिलाउने छन् भन्ने विस्वास आम दर्शकको छ ।

आम नेपालीको सपना छ कि विश्व कपमा फेरी नेपाल जस्तो मुलुकले चमत्कार देखाओस् ।

मिर्मिरे परिवार कप्तान पारस सहित समग्र टिम प्रशिक्षक र दर्शकहरुमा शुभकामना व्यक्त गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी