जेष्ठ ५ काठमाण्डौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिताका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले मंगलबार ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट र आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियन्स अन्तर्गत नेपाल र स्कटल्याण्डबीच हुने खेलमा सहभागी हुनका लागि बन्द प्रशिक्षणका लागि पारस खड्काको नेतृत्वमा २२ जना खेलाडीको छनौट गरेको हो ।
छनौटमा पर्ने खेलमाडीमा शरद भेशवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञानेन्ऽ मल्ल र शक्ति गौचन छन् । यस्तै सागर पुन, विनोद भण्डारी, भुवन कार्की, प्रदिप ऐरी, जितेन्ऽ मुखिया, पृथु बाास्कोटा र अनिल मण्डल पनि छनौटमा पर्न सफल भएका छन् ।
यसैगरी सिद्धान्त लोहनी, मोहम्मद आलम, राजेश पुलामीमगर, अविनाश कर्ण, महेशकुमार क्षेत्री, हरिशंकर साह र सौरभ खनाल पनि बन्द प्रशिक्षणका लागि छनौट भएको क्यानका सचिव उत्तमकुमार कर्माचार्यले जारी गरेको विज्ञप्तिामा उल्लेख छ ।
बन्द प्रशिक्षणपछि यिनै खेलाडीबाट नेपाली टिमको चयन गरिने क्यानले जनाएको छ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट खेल आउादो जुलाइ ३ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुनेछ ।
सन् २०१६ को ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट भारतमा हुदै छ । १४ टोलीबीच हुने छनौट प्रतियोगीताको शीर्ष ६ भित्र पर्न सके नेपालले फेरी दोस्रो पटक विश्वकप खेल्न पाउने छ ।
यस्तै आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सिप जुलाई २९ र ३१ मा स्कटल्याण्डमा नै हुनेछ ।