काठमाडौं, ५ जेठ ।
ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली भारत जाने भएको छ ।
अर्को वर्ष भारतमा आयोजना हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको लागि एशोशिएट राष्ट्रहरुको छनौट प्रतियोगिता यही जुलाई ९ तारीखदेखि आयरल्याण्ड र स्कटल्याण्डमा हुनेछ ।
त्यसैको तयारी स्वरुप नेपालले भारतमा अभ्यासको साथै केही मैत्रिपुर्ण खेल खेल्नेछ ।साथै क्यानले नेपाली टोलीलाई बेलायत र नेदरल्याण्ड्समा समेत केही अभ्यास खेलको व्यवस्था मिलाउदैछ ।
विश्वकप छनौटको तयारीकै लागि क्यानले विशेषज्ञ व्याटीङ प्रशिक्षक र विदेशी फिजियो ल्याउने भएको छ ।स्कटल्याण्ड विरुद्ध दुईवटा एकदिवसिय खेलको तयारीमा रहेको नेपालले भूकम्प पीडितको सहयोगार्थ मलेसियामा एउटा च्यारीटी म्याच खेल्नेछ ।
उक्त म्याचमा नेपाली राष्ट्रिय टोलीले विश्व एघारसँग मैत्रीपुर्ण खेल खेल्नेछ । उक्त खेलबाट उठेको रकम नेपालको क्रिकेट पुर्वाधारमा लगानी गरिने बताइएको छ ।