काठमाडौं, ४ जेठ ।
सरकारले भवन निर्माण गर्न स्वीकृती नदिने निर्णय गरेको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको आज बसेको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि भवन निर्माण गर्न स्वीकृती नदिने भएको हो।
सरकारले नयाँ भवन निर्माण प्रक्रियामा रोक लगाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आगामी असार मसान्तसम्म नक्सा पास नगर्न र पास गरेर भवन निर्माणको तयारी थालेकालाई पनि रोक्न सबै नगरपालिका र जिविसहरुमा परिपत्र गरेको हो ।
मन्त्रालयका प्रवत्ता पूर्णचन्द्र भट्टराईका अनुसार, अहिलेको नीति पुनरावलोकन गरी नयाँ नीति अपनाउनुपर्ने देखिएकाले केही समयका लागि रोक लगाउने तयारी भएको हो ।
प्रक्रियामा रहेका नक्सापासका निवेदनलाई पनि अघि नबढाउन मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले नक्सापास गरी निर्माण थालिसकेका घरलाई २ तलाभन्दा बढी बनाउन नदिन अाफू मातहतका कार्यालयलाई निर्देशन दिएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

