जेष्ठ ४ नुवाकोट ।
नुवाकोटको ओखरपौवामा गत शनिवार राहत वितरणकार्यक्रमलाई लिएर नेपाली कांग्रेस ओखरपौवा पार्टी कमिटीले दादागिरी प्रस्तुत गरेको गुनासो स्थानीय भूकम्प पीडितहरुले गरेका छन् ।
ओखरपौवामा जति राहत सामाग्रीहरु आउछ सबै नेपाली कांग्रेस ओखरपौवाका सभापति राम कृष्ण श्रेष्ठले कब्जामा लिएर आफ्नै कार्यकर्तालाई मात्र वितरण गरेपछि यस्तो समस्या उत्पन्न भएको हो ।
गत शनिवार काठमाडौं बाट माईती नेपालले राहत वितरणको लागि २७० बोरा चामल, केही तेल, नुन लगायतका सामाग्रीहरु लिएर आएका थिए । उक्त सामाग्री ओखरपौवाको वडा नं. ७ मा आईपुगेपछि गाडी रोकेर स्थानीय पीडीतले सोधपुछ गरेका थिए ।
राहत वितरणमा आएका टोलीले वडा नं. ७ र ८ का बलामीहरुको लागि ल्याएको जानकारी दिए पछि स्थाीनयले सोही ठॉउ यहि होर भन्दै नपाईएको र पीडीतहरुलाई राहत वितरण गर्न अनुरोध गरेका थिए ।
माईती नेपालले वडा नं. ७ र ८ को सिमानामा रहेको महाालक्ष्मीथान पुगेर राहत वितरण गर्ने भनेपछि कांग्रेसका सभापति रामकृष्णले राहत सामाग्री वडा नं. ८ मा लगेर राहत वितरण गर्ने भनेका थिए । माईती नेपालले स्थनीयको पहलमा सोही ठाउामा राहत वितरण गरेका थिए ।
राहत सामाग्री वितरण हुदै गर्दा रामकृष्णले आफ्नो पार्टीले ल्याएको राहत सामाग्री भन्दै एमाले र माओवादीका कार्यकर्तालाई नदिन पनि आफ्ना कार्यकर्तालाई आदेश दिएको थियो ।
पछि माईती नेपालले सहयोगको लागि अरुनै केटाहरु बोलाएर सबै स्थानीयलाई दुई घर एक बोरा चामल बाडेका थिए ।
करिब छ सय घरधुरीलाई राहत सामाग्री बाडिसकेपछि माईती नेपाल चेलिबेटी बेचबिखन सम्बन्धि जनचेतनामूलक सामाग्रीहरु बााड्दै काठमाडौं फर्किएका छन् । त्यस लगतै नेपाली कांग्रेसका कार्यकर्ता रामकृष्ण श्रेष्ठले स्थानीय यूवाहरुलाई नेकपा एमाले र माओवादीका कार्यकर्ता भन्दै आफ्नो पार्टीको राहत लाजै नमानी लिएको भनि गालि गलौज गरेको स्थानीयको गुनासो छ ।
उक्त कार्यक्रममा उपस्थीत जनजाति पत्रकार महासंघ नुवाकोट–रसुवाका अध्यक्ष समीर बलामीले माईती नेपालको राहतलाई गलत प्रचार नगर्न भनिएपछि रामकृष्ण उनी माथि खनिएका थिए ।
अनुराधा कोईराला प्रधानमन्त्री सुशिल कोईरालाको बहिनी पर्ने भएको कारण आफ्नो पार्टीले राहत सामाग्री ल्याएको समेत उनले गलत प्रचार गरे । पत्रकार समीर बलामीलाई गालि गलौज गर्दै माईती नेपाल नेपाली कांग्रेसको भएको गलत प्रचार उनले गरेको आरोप पीडितको छ ।
माईती नेपालले दिएको चामल समेत कनिका मिसीएको अमिलो भन्दै केही पीडीतहरुले रामकृष्णको उक्त शैली देखेपछि फालेका थिए । पुरानो अमिलो कनिकायुक्त चामल वितरण गर्दा माईती नेपालको राहत वितरणमा नेपाली कांग्रेसको झण्डा त देखिन्न भन्दा रामकृष्ण स्थानीय शिक्षक चक्रमान बलामी माथि खनिए ।
एमाले र माओवादीले आफ्नो पार्टीको राहत लाज नमान्दै लिएको भन्दै एक–एकलाई मार्ने भनि चेतावनी दिएका थिए ।
यहि क्रममा माओवादीका ओखरपौवा सचिव टेक बहादुर बलामी र एमाले नुवाकोट जिल्ला कमीटीका सदस्य जित बहादुर बलामी समेतलाई गालि गलौज गरेका थिए ।
बेलुका स्थानीय शिक्षक चक्रमान बलामीको घरमा पुगेर मार्ने धम्की दिदै झगडा गर्न पुगेका रामकृष्णले चक्रमान माथि कुटपिट समेत गरेको शिक्षक चक्रमानले बताए ।
कांग्रेसकै कारण जिल्ला दैवि प्रकोपबाट पठाएका राहत सामाग्रीहरु ओखरपौवा प्रहरी चौकीमा थुनिएको स्थानीयको गुनासो छ ।
चामल, आलु, प्याज, ब्ल्याङ्केट, त्रिपाल लगायतका सामाग्रीहरु गत शनिवार वितरण गर्ने भनि सबै दलका प्रतिनिधीहरुले भन्दा नेपाली कांग्रेसका रामकृष्ण श्रेष्ठले अहिले दिन मिल्दैन भन्दै मानेका थिएनन् ।
उनले हाम्रो पार्टीले माईती नेपालबाट ल्याएको चामल सबैलाई बााधेको भन्दै चौकीमा रहेको सामाग्री आफुले भनेको समय र स्थानमा बााधिने चेतावनी समेत दिए ।
चौकीमा गत दुईहप्ता देखि उक्त सामाग्रीहरु थुनिएका छन् । आलु र प्याजहरु कुहिएर गनाएका छन् । वितरण गर्न प्रहरी मान्दैनन् सचिवलाई फोन गर्यो कांग्रेस मान्दैन भन्छ स्थानीय प्रकाश बलामीले बताए ।
उता विनाशकारी महाभूकम्प गएको तिन साता भन्दा बढि भएपछि नुवाकोट क्षेत्र नं. १ का विजयी सभासद् नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी ओखरपौवामा रित्तै पुगे पछि स्थानीय पीडितहरु असन्तुष्ट बनेका थिए । सभासद् केसी आईपुग्ने बित्तिकै स्थानीयहरुले राहत सामाग्रीहरु ल्याएको भन्दै घेर्न पुगेका थिए । तर केसीले मैले राहत सामाग्री ल्याएको हैन अहिले पहिलो चरण के कस्ता क्षति भएको रहेछ भनेर हेर्न संसदीय समितिले विभिन्न जिल्लामा क्षति विवरण संकलन गर्न खटाईएपछि आफु आएको बताएका थिए ।
ओखरपौवामा रहेका १६४३ घर मध्ये एक सय २३ घर मात्र सग्ला छन् । बााकी सबै ध्वस्त भएका छन् । स्थानीय भूकम्प पीडीतले बस्नको लागि पाल भएपनि ल्याईदिन आग्रह गरेका छन् ।