काठमाण्डौं जेष्ठ ३ ।
शान्ति प्रकृया पछि माओवादीको पछिल्लो ठूलो विभाजनसगै‘ गठन भएको नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भूकम्प जानु अघि एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार क्रान्तिमा अघि बढ्ने भन्दै जग्गा कब्जा, झण्डा गाड्ने जस्ता कार्यक्रमहरु गर्दै आएको थियो ।
तर बैशाख १२ गतेको महाविनाशकारी भूकम्पले देशको खास गरी उपत्यका सहित मध्य क्षेत्र तहसनहस पारे पछि माओवादीले आफ्नो तात्कालीक कार्यक्रमहरुमा परिमार्जन गर्दै उद्धार राहत र पुननिमार्णमा केन्द्रीत गरेको भनेको छ ।
बसपार्कमा कुचो लगाउन शुरु गरेर पार्टी महासचिव विप्लव आफैले नेतृत्व गर्दै गोरखाको बारपाक देखि सिन्धुपालचोकका विभिन्न प्रभावित जिल्लामा राहत वितरण तथा अस्थायी टहरा निमार्णमा खटिरहेका छन् ।
यसै मेसोमा माओवादीले पछिल्लो पटक आफ्नो नया नारा सहित पुननिमार्ण र सम्वृद्धि एवं आत्मनिर्भरताका लागि भन्दै आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छ ।
आईतबार खुल्लामञ्चमा पत्रकार सम्मेलनको आयोज ना गरेरै त्यस्तो धारणा सार्वजनिक गरिएको थियो ।
जहॉ पत्रकारहरुको प्रश्नको जवाफ दिदै माओवादी महासचिव नेत्र विक्रम चन्द विप्लवले जेष्ठ भित्र सबै विदेशी सेना फिर्ता हुनु पर्ने , बर्दी सहित भारतीय सेना उत्रिएको र अनावस्यक विमानहरु ल्याएको , राहतमा देखिएको अनियमितता जस्ता कुराहरुमा पार्टीको धारणा मात्र राखेनन् भूकम्पले ल्याएको ध्वशबाट अब पुननिमार्ण र सम्वृद्धिको दिशामा अघि बढ्नु पर्ने र विदेशीको सहयोग मात्रै भन्दा आत्मनिर्भरतातिर जनतालाई अघि बढाउनु पर्ने तर्क समेत गरेका छन् ।
माओवादीले अब कम्तीमा जेष्ठ भित्रै विदेशी सेनाहरु फिर्ता हुनु पर्ने , सबै भूकम्प प्रभावित जनताको लागि पानी पर्न शुरु हुनु अगावै अस्थायी टहराहरु निमार्ण गरीसक्नु पर्ने , अब भौगोलिक रुपले बलियो जमिनको अध्ययन गरी एकीकृत बस्ती र भूकम्प प्रतिरोधात्मक प्रणालीका घरहरु बनाउनु पर्ने जस्ता कुरामा आफ्नो धारणा अघि सारेको छ ।
हेर्नुस् पूरा विज्ञप्ति
बिनाशकारी भूकम्प पछि आयोजित हाम्रो पार्टीको केन्द्रीय समितिको बिशेष बैठक महासचिव कमरेड विप्लवको अध्यक्षतामा वसी लिएका निर्णयहरु सार्वजनिक गर्नका लागि यो प्रेश वक्तव्य जारी गरिएको छ ।
१) नेपालको राजनैतिक परिवर्तनका लागि जीवन वलिदान गर्नु हुने सवै महान शहिदहरु प्रति १ मिनेट मौन धारण गरियो । वेपत्ता योद्धाहरुलाई स्मरण गरियो तथा घाइते अपाङग योद्धाहरु प्रति सम्मान प्रकट गरियो । उक्त भूकम्पमा परी निधन हुनु भएका सवै आदरणिय नागरिकहरु तथा क्यान्सर रोगका कारण बैशाष ३१ गते निधन हुनु भएकी हाम्रा पार्टीका पिवियम कमरेड चित्र वहादुर आले की श्रीमति तथा हाम्रो पार्टी सदस्य कमरेड गजुमाया आले प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पन गरियो । भूकम्पवाट घाइते हुनु भएका सवै नागरिकहरु साथै भूकुम्प पिडितहरुको उद्धारमा खटिरहेको वेल वैशाष २९ गतेको भूकम्पमा परि सिखिस्त घाइते हुनु भएका हाम्रा पार्टीका रामेछाप जिल्ला सचिव कमरेड इन्द्र श्रेष्ठको सिघ्र स्वास्थ्य लाभको कामना गरियो ।
२) बैठकमा महासचिब कमरेड बिप्लबबाट पछिल्लो केन्द्रीय समितिको बैठक देखि भूकम्प प्रभाव सम्म भएका गतिबिधी र निर्णयको कार्यन्वयनबारे एबं बर्तमान परिस्थितिका बारेमा संक्षिप्त रिपोर्ट प्रश्तुत गर्नु भयो । त्यसपछि राज्यका ईन्चार्जहरुबाट आआफ्नो क्षेत्रको रिपोर्ट प्रस्तुत भयो । रिपोर्ट अनुसार पार्टीले लिएका र्निायहरु प्रभावकारी रुपमा कार्यन्वयन भएको, पार्टी अनुशाषित हु“दै गएको, जनताको बीचमा पार्टी स्थापित हु“दै गएको निस्कर्ष निकालियो ।
उक्त भूकम्प पछि हाम्रा पार्टीका नेता एवं कार्यकर्ता जनस्वयमसेवकहरु उद्धार र राहत कार्यमा दिन रात खटिईरहनु भएकोछ । सरसफाई, रक्तदान, उद्धार, घरटहरा निमार्ण, राहत वितरणका कार्यक्रमहरु काठमाण्डौं, भक्तपूर, ललितपूर, गोर्खा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा जिल्लाहरुमा चलिरहेकोछ । हाल सम्म दुइहजार भन्दा वढि जनस्वयमसेवकहरु परिचालित भएकाछन भने दुई सय भन्दा वढि टहराहरु निमार्ण गरिएकाछन । ५०० वोरा चामल लगायतका राहत सामाग्रीहरु वितरण गरिएकाछन । पार्टीको पहलकदमीमा भारत, बेल्जीयम, मध्यपूर्बका बिभित्र देशहरु, हङक¨, जापान चीन लगाएतका देशहरुमा रहेका बिभित्र पार्टी संगठनहरुबाट संकलित राहत सामाग्रीहरु पनि जनतामा बितरण गरियो । राष्ट्रिय विपत्तिको घडिमा पार्टीको निर्णय बमोजिम दिन रात जन सेवामा जुटने र खटने सवै पार्टी नेता, कार्यकर्ता र जनस्वयमसेवकहरु तथा विपदमा विदेशवाट राहत उपलव्ध गराउनु हुुने सवै संगठन ताथ व्यक्तिहरुलाई विशेष धन्यवाद र वधाई ज्ञापन गरियो ।
३) भूकम्पबाट देशभर करीब आठलाख घरबासहरु या त पूर्णरुपमा ध्वस्त भएका छन या बस्नै नमिल्ने गरी क्षेतिग्रस्त भएका छन । एक महिनामै बर्षादको समय आईपुग्दा जनताको वत लाग्ने ठाउ“ निर्माण गरिसक्नु अनिबार्य बनेको छ । यो कुरालाई दृष्टिगत गरी हाम्रो पार्टीले भूकम्पबाट अति प्रभाबित १७ जिल्लाहरुमा केन्द्रीय समितिका सदस्यहरुको नेतृत्वमा जिल्ला सदस्यहरु, बिभित्र तहका समितिमा रहेका कार्यकर्ताहरु, जनबर्गीय संगठनका सदस्यहरु, तथा पा“चहजारको जनस्वंशेबकहरु “भूकम्पीय ध्वङसलाई निमार्णमा वदलौं, विपत्तिलाई संवृद्धिको आधार वनाऔं” भन्ने मुल नारा र “सहयोगलाई ध्यान दिऔं, आत्मनिरभरतामा जोड दिऔं” भन्ने सहायक नाराका साथ डेड् महिने उद्धार तथा राहत अभियान संचालन गर्ने निर्णय लियो ।
४) भूकम्पीय विपत्तिमा अन्तराष्ट्रिय सहयोग हुनु स्वागत योग्य विषय हो परन्तु राज्यको लाचारी र असक्षमतावाट फाइदा उठाउदै कतिपय देशहरुले उद्धारकर्मीको सट्टा शैन्य पोशाकमा सैन्यपरेड गरेको देखिएको छ । यस प्रकारका राहतकर्मीको बहानामा घुसपैठ भएका ब्यक्तिहरुबाट नेपाली जनता, नेपाली सेना तथा नेपाली पत्रकारहरुमाथि अपहेलना र अभद्र ब्यबहार गरेको देखिएको छ । यस प्रकारको कार्य हाम्रो देशको स्वाधिनता र सार्वभौमिकताको विरुद्धमा छ । सहायताको नाममा नेपाली नागरिकलाई अस्वभाविक लाग्ने र चोट पुगाउने खालका गतिविधि हुनु यति सम्म की नेपाली सेनाका परमाधिपति भनिने राष्ट्रपती र राजनैतिक दलहरु समेतलाई थाहै नदिई विदेशी सेना वोलाउनु र आउनु खेदपूर्ण छ । सरकारको यो लाचारी एवं दलालीको पार्टी भत्र्सना गर्दछ । साथै नागरिक उद्धार दल या अन्तराष्ट्रिय मान्यताका उद्धार दल वाहेक सवै विदेशी सेना जेष्ट महिना भित्र फिर्ता जान आग्रह गर्दछ ।
५) बिनाशकारी भूकम्पमा परी देशमा आएको बिपत्तिको समयमा राज्यले देशका सबै राजनैतिक पार्टीहरु, संगठनहरु, संघ संस्थाहरुको सर्बपक्षीय प्रकोप उद्धार समिति बनाउनुको सट्टा संसदबादी पार्टीहरुको मात्र एकलौटी साँठगाँठ वनाउदै आपसी षडयन्त्र, खिचातानी तथा कतिपय सन्दर्भमा गलत कामकालागि प्रतिस्प्रदा गरेको देखायो । कथित सरकारले मित्रराष्टका सरकार तथा संघसंस्थाहरुबाट आएको राहत बितरण तथा परीचालनमा दुरुपयोग गर्नु, घोटाला गर्नु, पार्टीकरण गर्नु, जनतामा पक्षपात गर्नु, क्षेत्र र जिल्लाहरुमा भेदभाव गर्नु तथा राहत सामाग्रीहरु गायब गर्नुले सरकारको दलाल तथा भिखारी मानसिकता र चरीत्रको थप उजागर गरेको छ । यसले देश र नेपाली जनतालाई लज्जीत तुल्याएको छ । यस स्थितिमा जनताको सेवामा सवै शक्तिलाई सहज वातावरणमा परिचालित गर्न र जनतालाई उद्धार र राहत उपलव्ध गराउन “सर्वपक्षिय सहमति” को विशेष संरचना निमार्ण गरियोस भन्ने हाम्रो पार्टीको माग छ ।
६) भूकम्पले गरेको क्षतिको विश्लेषण गर्दै भविस्यमा जनता माथि आइलाग्ने खतरालाई समेत मध्यनजर गरी राज्यले निम्न आवासीय नीति निमार्ण गर्न जरुरी छ ।
क) हालको भूकम्पले मुख्यतः हिमाली र उच्च पहाडी इलाकामा वढि क्षति गरेको हाल क्षति नभए पनि भविष्यमा भूकम्पीय जोखिमा रहेका त्यसता क्षेत्र धेरै छन । ति क्षेत्र मानव वस्तिका लागि उपयुक्त नदेखिएकोले ति वस्तिहरुलाई यथा समयमै वैज्ञानिक र सुरक्षित वस्ति विकासको नीति वनाई वसोवासको व्यवस्था गर्नु पर्दछ ।
ख) हालको क्षतिको अध्ययन गरी वस्ति निमार्ण संभव नभएको क्षेत्रवाट जनतालाई सारी पुनर्वासको व्यवस्था गरिनु पर्दछ ।
ग) वर्षायामलाई मध्यनजर गरि अस्थायी घरटहरा निमार्ण यथासिघ्र गरिनु पर्दछ ।
७) भूकम्पवाट क्षति भएका घरहरुको तीन तहको सरकारी वर्गीकरण सहि नभएकोले वस्न अयोग्य सवै घरहरुलाई पूर्ण क्षेतीको तहमा राखि राहतको व्यवस्था गरिनु पर्दछ ।
८) क्षति भएका घरहरु पुननिमार्ण गर्दा राज्यले धितो राख्ने नियम वनाएकोमा त्यसलाई खारेज गरी नेपाली नागरिकहरुलाई विना धितो घरनिमार्णका लागि ऋण उपलव्ध गराउनु पर्दछ ।
९) राहत वितरणमा पक्षपात र विभेद भइरहेको समाचार आएकोमा त्यसखाले अमानविय, असामाजिक र असाँस्कृत कृयाकलाप रोकी सवै जनताप्रति समानतामुलक व्यवहार कायम गरिनु पर्दछ ।
१०) भूकम्पवाट पिडित एवं वावुआमा गुमाएका वाल वालिकाका लागि विशेष संरक्षणको नीति वनाई सहयोग उपलव्ध गराउनु पर्दछ ।
अन्त्यमा देशमा आइ लागेको अकल्पनिय प्राकितिक विपत्ति र त्यसले पारेको अपूरणीय क्षेतीको दुःखद स्थितिमा हाम्रो पार्टी आफ्नो देशको स्वाधिनता, सार्वभौमिकतालाई रक्षा गर्दै परनिरभरतामा नफसी आफ्नो शक्ति र श्रोतमा भरपरि जनताको उद्धार र राहत अभियानमा सम्पूर्णरुपले एक जुट भएर काधँमा काधँ मिलाउदै सवै नागरिकहरु लामवद्ध हुन हार्दिक अनुरोध गर्दछ ।
धन्यवाद
विप्लव
महासचिव
नेपाल कम्युनिष्ट पार्टी माओवादी
३ जेष्ठ २०७२
