३ जेठ, काठमाडौं ।
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्सलाई ९ रनले पराजित गरेको छ । जितसागै राजस्थान आईपीएलको प्ले अफमा पुगेको छ । कोलकत्ता भने हारसागै लिग चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।
गएराति मुम्बईमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले शेन वाट्सनको शतकको मदतमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९९ रन बनायो । राजस्थानका लागि वाट्सनले अविजित १०४ रनको पारी खेले । ५९ बलको सामना गरेका उनले ९ चौका र ५ छक्का हाने । अजिन्क्या रहाणेले ३७ रन बनाए ।
कोलकत्ताका लागि आन्ऽे रसेलले ३ विकेट लिए भने उमेश यादवले एक विकेट हात पारे । जवाफमा २ सय रनको लक्ष्य पछ्याउदै मैदान उत्रिएको कोलकत्ता पुरै २० ओभरमा ९ विकेट गुमाउदै मात्र १ सय ९० रनमा समेटियो ।
खराव सुरुवात गरेको कोलकत्ताको स्कोर ८ रन हुादा ओपनर गौतम गाम्भीर १ रनमा आउट भए । रोविन उथप्पा पनि व्यक्तगत १४ रनमै आउट भए, जतिबेला टीमको स्कोर २१ थियो । युसुप पठानले ४४ र आन्ऽे रसेलले ३७ र मनिष पाण्डेले २१ रन जोडे । उमेश यादव २४ रनमा अविजित रहे ।