आइपिएल क्रिकेटमा चेन्नइ द्धारा पञ्जाव ७ विकेटले पराजित

आइपिएल क्रिकेटमा चेन्नइ द्धारा पञ्जाव ७ विकेटले पराजित

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं,  २ जेठ ।

इंन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा शीर्ष स्थानको चेन्नइ सुपर किंग्स विजयी भएको छ । चेन्नइले किंग्स इलाभेन पञ्जावलाई ७ विकेटले पराजित गरेको हो ।

पञ्जावले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य पछ्याएको चेन्नइले १६ दशमलव ५ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

चेन्नइका फेफ डु प्लेसिसले ५५, सुरेश रैनाले नटआउट ४१ तथा कप्तान महेन्द्र सिंह धोनीले नटआउट २५ रन बनाए ।

पञ्जावका सन्दीप शर्मा, व्युरेन हेन्रिक हेन्ड्रिक्स र ऋषी धवनले एक एक विकेट लिए । यसअघि मोहालीमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धा्रित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रन बनायो ।

पञ्जावका अक्षर पटेलले ३२ तथा ऋषी धवनले नटआउट २५ रन बनाए ।

चेन्नइका पवन नेगीले दुई विकेट लिए । जितपछि शीर्ष स्थानको चेन्नइको १४ खेलबाट १८ अंक भएको छ । पुछारमा रहेको पञ्जावको भने समान १४ खेलबाट मात्र ६ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी