काठमाण्डौं २जेष्ठ ।
यही मे १४ र १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा दुवैदेशबीच भएको ४१ बुदे सयुक्त सम्झौता भित्र नेपाली भूमि कालापानी लिम्पियाधुरामा व्यापारीक केन्द्र बनाउने सहमति भएको देखिएको छ ।
सयुक्त विज्ञप्तिको बुदा नं २८ मा मा उल्लेख भए अनुसार व्यापारीक वस्तुहरुको सूची वृद्धिका लागि नाथुला , च्याङला लिपु तथा सिक्पिलामा सीमा व्यापार विस्तारका लागि सहमत छन् भनिएको छ ।
( The border into a bridge of cooperation and exchanges. The two sides agreed to hold negotiation on augmenting The two sides recognized that enhancing border areas cooperation through border trade, pilgrimage by people of the two countries and other exchanges can effectively promote mutual trust, and agreed to further broaden this cooperation so as to transformhe list of traded commodities, and expand border trade at Nathu La, Qiangla/Lipu-Lekh Pass and Shipki La. )
भारत चिन बिचका सहमतिका ४१ बुदाहरु हेर्नकोलागी यहा क्लिक गर्नुस्
जुन उल्लेखित भूमि मध्य लिपु अर्थात लिम्पियाधुरा दार्चुलामा रहेको नेपालको भूमि हो । जहा भारतले १९६२ पछि आफ्नो फौज तैनाथ गरेर राखेको छ ।
लिपुलेकदेखि पश्चिम महाकाली नदीको वास्तविक उदगम लिम्पियाधुरा सम्मको नेपाली भूमि भारतले भारत चीन युद्धपछि अर्थात सन् १९६२ देखि सैन्य बलका आधारमा हडपेको छ ।
दार्चुलाको तुल्सी नुरांगमा इण्डो टिबेटियन बोर्डर पुलिस फोर्सको बंकर खडा गरी सो क्षेत्रमा ठूलो मात्रामा अर्धसैन्य बल तैनाथ गरेको छ ।
नेपाल, भारत र चीनको त्रिदेशीय विन्दू लिम्पियाधुरा हुनु पर्नेमा भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमणका क्रममा भारत र चीन बीचको व्यापार विस्तारका लागि लिपुलेक पासलाई व्यापारिक नाकाका रुपमा विस्तार गर्ने सहमति भए पछि नेपालको भूमिका बारेमा प्रश्न उठेको छ ।
ऐतिहासिक नक्शा, कागाजात तथा दस्ताबेजहरुले महाकालीको वास्तविक मुहान लिम्पियाधुरा भएको पुष्टि भएको अवस्थामा भारतले भने तुल्सीनुराग (नक्कली कालापानी)मा नक्कली पोखरी बनाई महाकालीको मुहान सोही पोखरी रहेको दाबी गर्दै आएको छ ।
सो पोखरीदेखि लिपुलेक लिम्पियाधुरासम्मको सम्पूर्ण भूभाग यतिबेला भारतको नियन्त्रणमा रहेको छ ।
नेपाल, भारत र चीनको त्रिदेशीय विन्दू लिम्पियाधुरा हुनु पर्नेमा भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमणका क्रममा भारत र चीन बीचको व्यापार विस्तारका लागि लिपुलेक पासलाई व्यापारिक नाकाका रुपमा विस्तार गर्ने सहमति भए पछि नेपालको भूमिका बारेमा प्रश्न उठेको छ । यस विषयमा नेपालका तर्फबाट कुनै प्रतिकृया दिईएको छैन ।
महाकालीको वास्तविक मुहान लिम्पियाधुरा भएको पुष्टि भएको अवस्थामा भारतले भने तुल्सीनुराग (नक्कली कालापानी)मा नक्कली पोखरी बनाई महाकालीको मुहान सोही पोखरी रहेको दाबी गर्दै आएको छ ।
नेपाल भारतबीच कालापानी लिम्पियाधुरा विवाद नसुल्भिएको अवस्थामा लिपुलेकलाई भारत तथा चीनले व्यापारिक केन्द्रका रुपमा विस्तार गर्ने सहमति जनाएकोमा नेपालका जानकारहरुले भने अनौपचारीक छलफल शुरु गरेका छन् ।