काठमाडौ १ जेठ।
जिम्बाबे क्रिकेट टीमले पाकिस्तानको भ्रमण नगर्ने भएको छ । अगामी मे १९ तारिखदेखि पाकिस्तानको भ्रमण पक्का गरेको जिम्बबेले सुरक्षाको कारण देखाउँदै भ्रमण रद्द गरेको जनाएको हो ।
जिम्बाबे क्रिकेटले आधिकारीक वक्तव्य निकालेर पछिल्लो समय जारी आतंककारी हमलालाई ध्यानमा राख्दै भ्रमण रद्द गरेको जनाएको छ । तर जिम्बाबे क्रिकेटका प्रवक्ता लवमोर बांडाले भने माफी माग्दै भ्रमण रद्द भएको औपचारीक पुष्टि नभएको बताएका छन् ।
बांडाले भ्रमण रद्द गर्ने या नगर्ने भन्ने बारेमा क्रिकेट पदाधिकारीको बैठक चलिरहेको र निर्णय आउन बाँकी रहेको बताएका छन् ।
यसअघि पाकिस्तानको कराँचीमा अतंककारी हमला भएपछि सुरक्षाको कारण देखाउँदै भ्रमण रद्द गरेको जानकारी आएको थियो । जिम्वावे ३ वटा ट्वान्टी ट्वान्टी र ३ वटा वन डे क्रिकेट खेल्न मे १९ मा पाकिस्तान जाने कार्यक्रम रहेको थियो ।