घरवालालाई राहत, भाडावाललाई आहत ( भिडियो सहित )

घरवालालाई राहत, भाडावाललाई आहत ( भिडियो सहित )

  • बिहिबार, बैशाख ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

बैशाख ३१ काठमाण्डौं ।

अहिले काठमाण्डौं उपत्यकामा लगातारको भूकम्प पछि विस्थापित बनेका नागरिकहरुमा राहत वितरणमा विभेद देखिएको छ ।

ठाउ ठाउमा घर भत्किएका घरबेटीले राहत पाए पनि सगै घरमा बस्ने भाडा वालले राहत नपाएको देखिएको छ । कर्मचारी र स्थानीय प्रतिनिधिहरुले यसरी राहतमा विभेद गरेको गुनासो पीडितहरुले गरेका छन् ।

सानेपा स्थित काग्रेस केन्द्रीय कार्यलय अगाडी बागमती नदी छेउमा बसिरहेका मध्य भाडामा बस्नेलाई राहत छैन भन्दै त्रिपाल लगायतका कुनै पनि राहत नदिएको झापाका दाताराम अधिकारीले मिर्मिरेलाई जानकारी दिनु भयो ।

सानेपामा रहेको बीपी पार्क र मनमोहन पार्कमा अहिले घरवालादेखि भाडा वाला सम्म भूकम्प प्रभावितहरु बसिरहेका छन् ।

एउटै त्रिपालमुनि बसेका घरबेटीलाई पाल , दाल चिउरा सहितको राहत सामाग्री दिईएको छ भने सोही घरमा बसेका भाडावालाहरु सोही त्रिपालमा घरबेटी सगैं बसे पनि उनीहरुले राहत पाएका छैनन् ।


मनमोहन पार्कका अध्यक्ष राजेन्द्र थापाले घरवालालाई मात्र राहत दिने भन्दै भाडामा बस्नेलाई नदिने भनेको पीडितहरुको गुनासो छ ।

भाडामा बसे पनि घरमा बसे पनि एउटै त्रिपाल मुनि बसेका घरबेटीले राहत पाएका छन् भने भाडामा बस्नेले रित्तो हात फर्कनु परेको छ ।

सो विषयमा त्याहा बसिरहेका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यलय, प्रहरी कार्यलय र वडा कार्यलयमा गएर माग गर्दा समेत केही नपाएको गुनासो गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी