बैशाख ३० काठमाण्डौं । हिजो मध्यान्नको भूकम्पका कारण ६५ जनाको मृतयु भएको गृह मन्त्रालयले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । यो सगै दुवै भूकम्पका कारण मर्नेको सख्या झण्डै ८ हजार ५ सय भन्दा यस्तै एक हजार ९ सय २८ जना घाइते भएका छन् ।
मन्त्रालयका अनुसार क्षतिको विवरण संकलन भैरहेको छ भने भूकम्पले दोलखा, सिन्धुपाल्चोक र रामेछापमा सबैभन्दा धेरै क्षति पुगेको छ ।
दोलखामा मात्रै ३६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार एकसय भन्दा धेरै घाइते भएका छन् । खोजी र उद्धारको काम भैरहेको उहााले जानकारी दिनुभयो । वैशाख १२ गतेको भूकम्पमा बचेका घर हिजोको भूकम्पले भत्किएका छन् ।
सिन्धुपाल्चोकमा ११ जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उहााका अनुसार एक सयभन्दा धेरै गम्भीर घाइते भएका छन् । प्रभावित क्षेत्रमा उद्धारको काम भैरहेको उहााले बताउनुभयो । यस्तै रामेछापमा ४ जनाको ज्यान गएको छ ।
काठमाडौं, ललितपुर, रौतहट, सुनसरी, धनुषा, सर्लाही, सिन्धुली, रौतहट, गोरखा लगायत जिल्लामा पनि थप क्षति भएको छ । भूकम्प प्रभावित ठाउामा खोजी, उद्धार र राहतको काम भैरहेको गृह मन्त्रालयले जनाएको छ ।
यसैबीच सेना प्रहरी शसस्त्र सहित सबै निकायले पछिल्लो भूकम्पबाट थप क्षतिग्रस्त क्षेत्रमा उद्धार तथा राहतमा तीव्रताका साथ काम गर्ने भएको छ । सरकारले उद्धार तथा राहतमा केन्द्रति हुन सबैलाई अनुरोध गरेको छ । घाईतहरुको उद्धार गर्ने क्रममा विभिन्न जिल्लाबाट हेलिकोप्टरले घाईतेहरुलाई काठमाण्डौं ल्याएको छ ।


