आजको भुकम्पमा परि ४२ जनाको मृत्यु, ११ सय बढी घाइते

आजको भुकम्पमा परि ४२ जनाको मृत्यु, ११ सय बढी घाइते

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, २९ वैशाख ।

मंगलबार आएको शक्तिशाली भूकम्पले काठमाडौंसहित आसपासका जिल्लामा ४२ जनाको मृत्यु भएको पुष्टि भएको छ । १ हजार बढी घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार १ हजार १ सय १७ जना घाइते भएका छन् । सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ । दोलखामा १३ र सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो ।

रामेछाप र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ ।s.dpuf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी