बैसाख १२ गते गएको ७.९ रेक्टर स्केलको महा–भूकम्पको १८ दिन पछि आज दिउस फेरी ६.८ रेक्टर स्केलको अर्को ठुलो भूकम्पको अनुवभ गरियो । महा भूकम्प गएको भोलिपल्ट बैसाख १३ गते पनि ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । तर, त्यतिबेला लगातार गईरहेका ६ देखि तलका धक्काहरुलाई ठूलो भूकम्प पछिको पराकम्पन भनिएको थियो र जो स्वाभाविक पनि थियो । विज्ञहरुका अनुसार भूकम्प गएको १ महिना सम्म पनि भूकम्पका छड्काहरु महसुस हुने गर्दछन् ।
पछिल्लो दिनहरुमा विस्तारै भूकम्पका धक्काहरु कम महसुस हुदै गएका थिए । दैनिक ४ देखि ५ सम्म आउने गरेका भूकम्का धक्काहरु पछिल्लो पटक दिन बिराएर महसुस हुन थालेका थिए । यसरी भूकम्पका धक्काहरुको अनुभव कम हुन थालेपछि विस्तारै जनजिवन सामान्य बन्दै गएको थियो ।
मानिसहरु घरमै बसेर आफ्नो दैनिकी सुरु गर्न लागेका थिए । उता बैसाख १२ गनेको भूकम्प पश्चात उपत्यकाबाहिर गएकाहरु पनि विस्तारै राजधानी फर्कने क्रम बढ्दै थियो ।
जनजिवन सामान्य बन्दै गइरहेका बेला मानिसहरु राहत र पूर्नस्थापनाको काममा जुटिरहेका थिए । पुर्नवासको लागि भत्किएका घरहरुको पूर्ननिमाण र चर्किएका घरहरु बस्न हुने र नहुने भन्दै सर्वेक्षणहरु भईरहेका थिए । सबैलाई विस्तारै अब ठूलो भूकम्प आउदैन भन्ने विस्वास बढ्न थालेको थियो ।
भूकम्पविद् तथा यसका जानकारहरुले पनि अब ठूलो भूकम्प जाने सम्भावना न्यून रहेको बताउदै आईरहेका बेला आज दिउसो १२ बजेर ५२ मिनेट जादा दोलखा र सिन्धुपालकलाई केन्द्र विन्दु बनाउर आएको ६.८ रेक्टरको भूकम्पले मनिसहरुलाई फेरी सडकमा पु¥यायो । २ हप्ता अधिको महा–भूकम्पको झल्को दिने गरि आएको ठूलो कम्पनले राजधानीमा मानिसहरुमा रुवावासी चल्यो । गृहमन्त्रालयको पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट दोलखा, धादिन र काठमाडौ गरि ५० जनाको ज्यान गएको छ भने ८ सय भन्दा बढि घाईते भएको भनिएको छ ।
फेरी किन ?
आज दिउँसोको भूकम्पलाई वैज्ञानिकहरुले अवश्यंभावी बताए । काठमाडौंभन्दा १५० किमी पूर्वतर्फ मंगलबारको जत्रो भूकम्प जाने पूर्वानुमान अमेरिकी भूगर्भशास्त्रीहरुले दुई साताअघि नै गरेको दाबी गरेका छन् ।
बीबीसीका विज्ञान सम्वाददाता जोनाथोन अमोसले मंगलबारको भूकम्पबारे विश्लेषण गर्दै लखेका छन्-‘मंगलबारको जस्तो ठूलो भूकम्प जाने वैज्ञानिकहरुले यसअघि नै पूर्वानुमान गरेका थिए ।’
दुई साताअघि अमेरिकी भूगर्भशास्त्रीले गरेको सर्वेक्षणमा वैशाख १२ को भूकम्पपछि काठमाडौंबाट १५० किलोमिटर पूर्वको भूगर्भमा केही चिरा देखिएको थियो
बारपाकको भूकम्पीय केन्द्रले देालखा आसपासको जमीन मुनि पारेको धाँजाका कारण मंगलबार अर्को भूकम्प गएको वैज्ञानिहरुको दाबी छ ।
दुई साताअघि अमेरिकी भूगर्भशास्त्रीले गरेको सर्वेक्षणमा वैशाख १२ को भूकम्पपछि काठमाडौंबाट १५० किलोमिटर (९३ माइल) पूर्वको भूगर्भमा केही चिरा देखिएको थियो । सो चिरा बैशाख १२ को भूकम्पीय ‘फल्ट लाइन’को पूर्वी किनारामा पर्ने देखाइएको थियो, मंगलबार त्यसैको आसपासमा केन्द्रविन्दु भएको भूकम्प गएको छ ।
वैज्ञानिकहरुका अनुसार वैशाख १२ पछि दोलखा र सिन्धुपाल्चोकको सीमा आसपासको जमिनमुनि देखिएको सोही ‘फल्ट’का कारण मंगलबारको जत्रो भूकम्प आउनु अवश्यंभावी थियो ।
मंगलबार आएको ठूलो भूकम्पले दुई साता पहिलेको सो आँकलनलाई सही सावित गरिदिएको वैज्ञानिकहरुको दाबी छ । ‘यस सन्दर्भमा पहिलेकै जस्तो यो दोस्रो भूकम्प लगभग निश्चित थियो,’ बीबीसीको रिपोर्टमा भनिएको छ, ‘अमेरिकी भौगर्भिक सर्वेक्षणले सामान्यतः यस क्षेत्रमा एक झड्काको पूर्वानुमान गरेको थियो ।’
दोस्रो भूकम्पपछि अब नेपालमा अर्को भूकम्पको सम्भावना छ कि छैन ? यसबारे चाहिँ अमेरिकी भूगर्भशास्त्रीहरु मौन छन् ।
अमेरिकी सर्वेक्षणले यो साता ७.८ रेक्टरसम्मको भूकम्प जानसक्ने ‘निश्चितरुपले सम्भव’ बताएको थियो ।
अमेरिकी भूगर्भशास्त्रीहरुको विश्लेषण अनुसार विसं. १९९० सालमा नेपालमा गएको भूकम्पपछि लगत्तै अर्को शक्तिशाली भूकम्प गएको हुनुपर्छ । बीबीसीको रिपोर्टमा भनिएको छ, ‘मंगलबारको ठूलो भूकम्पका साथसाथ हामी वैशाख १२ लाई हेर्न सक्छौं, कि यी दुई भूकम्पका वीचमा कुनै दरार परेको हुन सक्थ्यो, जस्तो १९४९ -विसं.१९९०) मा भएको थियो ।’
![]()
मंगलबार नेपालमा शक्तिशाली भूकम्प जान्छ भनेर यसअघि नै नेपालका एक जना ज्योतिषीले भविष्यवाणी गरेका थिए ।
संयोग पनि मान्नुपर्छ, उनले गरेको भविष्यवाणीलाई मंगलबारको भूकम्पले पुष्टि गरिदिएको छ ।
डा. सुनिल सिटौला नामक ज्योतिषीले बैशाख २९ र ३० गते भूकम्प जाने भनी यसअघि नै सामाजिक सञ्जाल ट्वीटरबाट दाबी गरेका थिए । उनले आफ्नो यो भविष्यवाणीलाई अतिरञ्जीत नगर्न आग्रह समेत गरेका थिए ।
डा सुनिल नेपालका विभिन्न टेलिभिजन तथा रेडियोमा ज्योतिषीसम्बन्धी कार्यक्रम संचालन गर्छन ।
